Tuesday October 26, 2021
वि.सं २०७८ कार्तिक ०९ मङ्गलबार
Global Alliance for Banking on Values European Microfinance Award
En

ईन्टरनेट बैंकिङ्ग लिने ग्राहकले बैंकको अनलाईन पोर्टल मार्फत आफैले लेनदेनको कारोवार गर्न सक्नेछन् । यसलाई नेट बैंकिङ्ग वा सिधा बैंकिङ्ग पनि भनिन्छ । ईन्टरनेटले नया वस्तु तथा सेवाको बजारीकरण तथा वितरणमा लागत कम गरेको छ । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले ईन्टरनेट बैंकिङ्ग मार्फत विभिन्न किसीमका सुचना प्राप्त गर्नुका साथै आर्थिक लेनदेनको कारोवार गर्न सक्नेछन् । हाललाई निम्न सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

बिशेषताहरु
  • व्यापारीलाई भुक्तानी गर्न ।
  • बिल भुक्तानी गर्न ।
  • ईसेवा को सुविधाहरु ।
 
रकमान्तरको  सिमा

प्रतिकारोवार

ने.रु.२००,०००/-

प्रतिदिन

ने.रु.२०,००,०००/-

प्रतिदिन कारोवार संख्या

१०

प्रतिमहिना

ने.रु.5०,००,०००/-

 
सुरक्षा सल्लाह
 
  • अनलाईन बैंकिङ्ग मार्फत कारोवार गर्नको लागि सावर्जनिक वा साझेदारी कम्प्यूटर प्रयोग नगर्नुहोस ।
  • कसैलाई पनि तपाईको पासवर्ड नदिनुहोला , बैंकको कर्मचारीलाई पनि नदिनुहोस ।
  • बारम्बार पासवर्ड परिर्वतन गर्नुहोस ।
  • कमजोर पासवर्ड नराख्नुहोस । ठूला अक्षर, अङ्क तथा गैर अक्षरांकीय वर्णहरु प्रयोग गर्नुहोस ।
  • लगईन गर्ने र कारोवार गर्ने पासवर्ड फरक फरक राख्नुहोस ।
  • अनलाईन बैंकिङ्ग मार्फत कारोवार समाप्त भएपछि साईन आउट गर्न र ब्राउजर बन्द गर्न सधै सम्झनुहोस ।
  • तपाईको लग इन प्रमाणको लागि ईमेल मार्फत केही सोधिएमा उत्तर नदिनुहोस ।
  •  तपाईलाई बैंकले लग इन प्रमाणको लागि कुनै पनि ईमेल पठाउदैन । यदि तपाईले त्यस किसीमको ईमेल प्राप्त गर्नु भएमा बैंकलाई   खबर गर्नुहोस ।
  • तपाईको अनलाईन बैंक खातामा कुनै सम्झौता गरेको शंका लागेमा तुरुन्त बैंकलाई खबर गर्नुहोस ।