Saturday July 27, 2024
वि.सं २०८१ साउन १२ शनिबार
European Microfinance Award
En

१. कार्ड हराएमा वा चोरी भएमा 

यदी यहाँको कार्ड हरायो भने तुरुन्त यस विकास बैंकको नजिकैको शाखा कार्यालय वा यस विकास बैंकको डिजिटल बैंकिङ्ग ईकाईको मोबाईल नम्बर ९८०२३०६८८९ मा सम्पर्क गर्नुहोस् ।
 

२. विवाद समाधानः

हाम्रा अमूल्य र आदरणीय ग्राहकको प्रति बैंकले उच्चस्तरीय बैंकिङ्ग सेवा तथा सुबिधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । तर कहिले काहीं सेवा प्रदान गनर््े क्रममा एक आपसमा कुनै विषय तथा परिस्थतिहरुमा विवाद उत्पन्न भएमा सकेसम्म त्यस्ता समस्याहरुलाई बैंकले समाधान गर्ने तर्फ लाग्ने छ । विवादहरु उत्पन्न हुनका मुख्य कारणहरु निम्नानुसार रहेका छन् |
 
२.१ रकम रकमान्तर गर्ने क्रममाः
जब ग्राहकले गलत खातामा रकम पठाउनु हुनेछ तत्पश्चात ग्राहकले हस्तलिखित निवेदन दिनु पर्ने छ । त्यसपछि बैंकले गलत खातामा रकमान्तर भएको रकम निकाल्न नमिल्ने गरी रोक्का राख्नेछ । विश्वासिलो तथा नियमित ग्राहकहरुको विषयमा उक्त रकम पुनः सम्बन्धित खाताबालाको खातामा फिर्ता गरिदिने छ ।
 
२.२ कारोबार असफल भई खाताबाट पैसा काटिएमाः
बैंकमा कारोबार गर्ने अवस्थामा कार्डबाट गरिने कारोबारमा कहिले काँही गहकको खाताबाट रकम काटिने तर बास्तविक कारोबार नहुने अवस्थामा पनि विवाद उत्पन्न हुन सक्दछ । यस्तो अवस्थामा बैंकले जतिसक्दो चाँडो सो समस्यालाई निराकरण गर्ने छ तर सो कारोबारमा तेस्रो पक्ष पनि समावेश भएको रहेछ भने उक्त समस्या समाधानको लागि बैंकले मध्यस्थताका भूमिका निर्वाह गर्ने छ त्यस अवस्थामा भने केही दिन लाग्ने छ ।