ईन्टरनेट बैंकिङ्ग लिने ग्राहकले बैंकको अनलाईन पोर्टल मार्फत आफैले लेनदेनको कारोवार गर्न सक्नेछन् । यसलाई नेट बैंकिङ्ग वा सिधा बैंकिङ्ग पनि भनिन्छ । ईन्टरनेटले नया वस्तु तथा सेवाको बजारीकरण तथा वितरणमा लागत कम गरेको छ । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले ईन्टरनेट बैंकिङ्ग मार्फत विभिन्न किसीमका सुचना प्राप्त गर्नुका साथै आर्थिक लेनदेनको कारोवार गर्न सक्नेछन् । हाललाई निम्न सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।
बिशेषताहरु
	- खाताको जानकारी लिन ।
- खाताको स्टेटमेन्ट हेर्न ।
- पुरानो वित्तिय कारोवारको जानकारी लिन ।
- बैंक भित्रकै एक खाता बाट अर्को खातामा रकमान्तरण गर्न ।
	- व्यापारीलाई भुक्तानी गर्न ।
- बिल भुक्तानी गर्न ।
- ईसेवा को सुविधाहरु ।
 
रकमान्तरको  सिमा
	
		
			| प्रतिकारोवार | ने.रु.२००,०००/- | 
		
			| प्रतिदिन | ने.रु.२०,००,०००/- | 
		
			| प्रतिदिन कारोवार संख्या | १० | 
		
			| प्रतिमहिना  | ने.रु.5०,००,०००/- | 
	
 
 
सुरक्षा सल्लाह
 
	- अनलाईन बैंकिङ्ग मार्फत कारोवार गर्नको लागि सावर्जनिक वा साझेदारी कम्प्यूटर प्रयोग नगर्नुहोस ।
- कसैलाई पनि तपाईको पासवर्ड नदिनुहोला , बैंकको कर्मचारीलाई पनि नदिनुहोस ।
- बारम्बार पासवर्ड परिर्वतन गर्नुहोस ।
- कमजोर पासवर्ड नराख्नुहोस । ठूला अक्षर, अङ्क तथा गैर अक्षरांकीय वर्णहरु प्रयोग गर्नुहोस ।
- लगईन गर्ने र कारोवार गर्ने पासवर्ड फरक फरक राख्नुहोस ।
- अनलाईन बैंकिङ्ग मार्फत कारोवार समाप्त भएपछि साईन आउट गर्न र ब्राउजर बन्द गर्न सधै सम्झनुहोस ।
- तपाईको लग इन प्रमाणको लागि ईमेल मार्फत केही सोधिएमा उत्तर नदिनुहोस ।
-  तपाईलाई बैंकले लग इन प्रमाणको लागि कुनै पनि ईमेल पठाउदैन । यदि तपाईले त्यस किसीमको ईमेल प्राप्त गर्नु भएमा बैंकलाई   खबर गर्नुहोस ।
- तपाईको अनलाईन बैंक खातामा कुनै सम्झौता गरेको शंका लागेमा तुरुन्त बैंकलाई खबर गर्नुहोस ।