Saturday April 27, 2024
वि.सं २०८१ बैशाख १५ शनिवार
Global Alliance for Banking on Values European Microfinance Award
En

विशेषताहरु

ब्याज दर : आधार दर + अधिक्तम ४.५०% प्रिमियम बार्षिक

सुविधाहरु

यो कर्जा व्यावसायिक रुपमा कृषि पेशामा आवद्ध भएका कृषकहरुलाई वित्तिय सेवा प्रदान गर्नका लागि तयार गरिएको छ । विशेष गरी खाद्यान्न वाली, नगदे वाली, वन पैदावर तथा जडिबुटी उत्पादन, कृषि व्यवसायमा आवश्यक पर्ने मेशिन तथा उपकरणहरु, कृषि सामाग्री, कृषि उपजको ढुवानीको साधन खरिद गर्न, कुखुरा पालन, पशुपालन, मत्स्य पालन, दाना उद्योग, शीत भण्डार तथा कृषिजन्य उपजको प्रशोधन जस्ता व्यवसायहरु तथा कृषि संग सम्बन्धित अन्य पेशा व्यवसाय संचालनका लागि चाहिनेकार्यशील तथा दीर्घकालीन पूँजीकोआबश्यकता पुरा गर्न यो कर्जा प्रवाह गरिने छ । 

आवश्यकताहरु

  • पुर्ण रुपमा भरिएको कर्जा आवेदन फारम
  • पुर्ण रुपमा भरिएको Know Your Customer (KYC) फारम
  • ऋणी र धनजमानीको हालसालै खिचिएको पासपोर्ट साईजको फोटो
  • ऋणी र धनजमानीको आवास स्थानको मानचित्र
  • ऋणी र धनजमानीको नागरिकताको प्रतिलिपी
  • आयश्रोत प्रमाणित भएको कागजात
  • घरजग्गाको लालपुर्जा
  • राजिनामा/अंशबण्डा/बकसपत्र वा घरजग्गा नामसारी भईआएको लिखतको प्रतिलिपी
  • पछिल्लो आ.व. को तिरो तिरेको रसिद
  • चारकिल्ला प्रमाणितको कागज
  • घर निर्माण स्वीकृतको कागज
  • घर निर्माण सम्पन्नको प्रमाणपत्र
  • घरको प्रमाणित नक्सा
  • जग्गाको नापीनक्सा (Blueprint)
  • जग्गाको ट्रेस नक्सा (आवश्यक भएमा)
  • मुल्यांकनकर्ता द्धारा तयार गरिएको अनुमानित निर्माण लागत
  • घर जग्गा खरिद गर्न गरिएको बैनापट्टाको कागजको प्रतिलिपी

सेवा शुल्क

  • प्रशासनिक शुल्क - १ %
  • सि आइ सि शुल्क - रु. २५० प्रति सोधपुछ (कारोवार देखा नपरेमा)
  • सि आइ सि शुल्क - रु. ५०० प्रति सोधपुछ (कारोवार देखा  परेमा)