Saturday April 27, 2024
वि.सं २०८१ बैशाख १५ शनिवार
Global Alliance for Banking on Values European Microfinance Award
En

परिचयः
नेपालको राजधानी काठमाण्डौ बाट झण्डै २६० कि.मि.को दुरीमा पर्ने हाल गण्डकी प्रदेशमा अबस्थित स्याङ्गजा जिल्लाको पुतलीबजार न.पा.मा वि.स.२०६३ पौष १९ गतेका दिन ३ जिल्ला कार्यक्षेत्र बनाई “ख” वर्गको वित्तीय संस्थाको रुपमा विधिवत् स्थापना भएको मुक्तिनाथ विकास बैंक लि.,हाल अधिकांश वित्तीय सुचकरुमा अब्बल सावित भई नेपालकै उत्कृष्ट विकास बैंकको रुपमा आफुलाई परिचित गराउँदै काठमाण्डौको कमलादीमा केन्द्रीय कार्यालय स्थापना गरि राष्ट्रिय स्तरमा ग्राहकमैत्री वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

पृष्ठभुमीः
१२ बर्षे शशस्त्र द्धन्दले समग्र राज्यलाई नै प्रत्यक्ष असर पारिरहेको परिपे्रक्षमा नेपालको पहाडी तथा दुर्गम मानिने स्याङ्गजा जिल्ला पनि अछुतो रहन सकेन । उक्त समय स्याङ्गजा जिल्लामा भएका सरकारी तथा गैर सरकारी संघ संस्थाहरु विस्थापित हुने क्रममा बैंक वित्तीय संस्थाहरु पनि पुर्ण रुपमा पोखरा विस्थापित भएका थिए । साना साना वित्तीय सेवा लिन पनि स्याङ्गजा जिल्लाका जनताहरु घण्टौंको जोखिम पुर्ण यात्रा तय गर्दै दिनलाई नै माया मारी पोखरामा गई सेवा लिन बाध्य थिए । देश शान्ति बार्ता मार्फत शशस्त्र द्धन्द अन्त्य तर्फ उन्मुख गर्दा स्याङ्गजा जिल्लाबाट विस्थापित भएका बैंकहरु पुनःस्थापित हुन सकिरहेका थिएनन् । यसै शिलशिलामा जिल्लाबासीको वित्तीय समस्यालाई समाधान गर्ने हेतु सहित स्थानिय बुद्धिजिबी र भद्रभलाद्मीहरुको सानो समुहले स्याङ्गजा,कास्की,तनहुँलाई कार्यक्षेत्र बनाई स्याङ्गजाबजार बाट ३ जिल्ले विकास बैंक संचालनमा ल्याई रुयाङ्गजा जिल्लाका जनताहरुलाई सरल वित्तीय सेवा प्रदान गर्ने उद्देश्य सहित वि.स.२०६३ पौष १९ गते नेपाल राष्ट्र बैंकबाट ईजाजत लिई “ख” वर्गको वित्तीय संस्थाको रुपमा मुक्तिनाथ विकास बैंक लि.को स्थापना हुन पुग्यो ।

“जनता बैंकमा होईन,बैंक जनतामा जानु पर्दछ” भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै यस बैंकबाट स्थापना लगतै स्याङ्गजा जिल्लाका ग्रामिण क्षेत्र जहाँ बैंकिङ्ग पहुँच पुग्न सकेका छैनन् त्यस क्षेत्रका  जनतालाई पहिलो प्राथमिकतामा राखि जिल्लाका दुर्गम क्षेत्रमा शाखाहरु विस्तार भए । यस बैंकले शाखा विस्तार संगै सूरुवाती दिनमा श्रृजना भएका आरोह अबरोहहरु को सामना गर्दै र जनताका मनामा श्रृजित अविश्वासहरु लाई चिर्दै ग्राहकमैत्री वित्तीय सेवा प्रदान गर्दै हरेक जनताका मनमुटुमा बस्न सफल भयो । लोकप्रियता चुलिए संगै यस बैंकले सेवालाई अझ प्रभावकारी बनाउने हेतुले वि.स.२०६५ बैशाख ०१ गतेबाट लघुवित्त विभाग खडा गरि ग्रामिण क्षेत्रमा रहेका न्यून आय भएका ब्यक्तिहरु जो गरिबिको रेखामुनि छन्,जसको बैंक वित्तीय संस्थामा सहज पहुँच हुदैन त्यसता ब्यक्तिहरुलाई लघुवित्त कार्यक्रम मार्फत जनताको घरदैलोमा गई सेवा प्रदान गर्न सुरु ग¥यो । बैंकिङ्ग ईतिहासमै पहिलो पटक यस बैंकले तिन खम्बे अर्थ निति अनरुप आधुनिक बैंकिङ्ग,ग्रामिण बैंकिङ्ग र लघु बैंकिङ्ग कार्यक्रमलाई एकसाथ अघि बढाउन सफल भयो ।

वर्तमान अबस्थाःनागरिकहरुको सामाजिक,आर्थिक स्तर उकास्दै सबैको रोजाईको सबल बैंकको रुपमा स्थापित हुने परिदृष्य सहित अघि बढेको यस बैंकले  नेपाल अधिराज्यभर १७८ शाखा कार्यालय,३५०० भन्दा माथिका रेमिटान्स् केन्द्रहरु र २२ एटियम् बुथ मार्फत ९ लाख ५० हजार भन्दा धेरै ग्राहकलाई सरल ढंगबाट खुशी बनाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । २०७८ आषाढको प्रतिवेदन अनुसार हाल यस संस्थाको वासलातको आकार १०१ अर्ब ९ करोड रहेको छ । यस बैंकले आफ्ना ग्राहकहरुलाई ग्राहकमैत्री प्रभवकारी सेवा प्रदान गरे वापत विभिन्न किसिमका राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डबाट सम्मानित सम्मानित समेत भएको छ ।

दृष्टि: नागरिकहरुको सामाजिक, आर्थिक स्तर उकास्दै सबैको रोजाईको सबल बैंकको रुपमा स्थापित हुने । 

मिशन: वित्तीय रुपमा सक्षम, सामाजिक रुपमा सर्वस्वीकार्य , नियमनमा प्रतिवद्ध, वातावरणमैत्री समावेशी वित्तीय सेवाहरु प्रदान गर्दै सबै हितग्राहीहरुको समुन्तीको लागि अग्र स्थानमा रहने ।

मानहरू: