सहायक कम्पनी (Subsidiary Company)
मुक्तिनाथ क्यापिटल लिमिटेड
मुक्तिनाथ क्यापिटल लिमिटेड
मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंक लिमिटेडको एक सहायक कम्पनी हो, जसमा बैंकको ६०.२६% स्वामित्व रहेको छ। सन् २०१० मा स्थापित यो कम्पनी नेपाल सरकार, कम्पनी रजिस्ट्रारको कार्यालय (दर्ता नं. १२१२/०६६/६७) मा दर्ता भई नेपाल धितोपत्र बोर्ड (SEBON) बाट मर्चेन्ट बैंकरको रूपमा इजाजतपत्र प्राप्त संस्था हो। यो सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा निक्षेप सदस्य (Depository Participant) को रूपमा पनि दर्ता छ। कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध (Issue Management), धितोपत्र प्रत्याभूति (Underwriting), लगानी व्यवस्थापन (Portfolio Management), सेयर रजिस्ट्रार (Share Registrar Services), कर्पोरेट परामर्श (Corporate Advisory), र निक्षेप सदस्य सेवा (DP Services) सहित मर्चेन्ट बैंकिङका सम्पूर्ण सेवाहरू प्रदान गर्दछ। यी सेवाहरूमार्फत मुक्तिनाथ क्यापिटलले व्यवसाय, लगानीकर्ता र नेपालको पुँजी बजारको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। थप जानकारीका लागि https://muktinathcapital.com/ मा जानुहोस्।
सम्बद्ध कम्पनी (Associate Company)
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड मुक्तिनाथ विकास बैंक लिमिटेडको एक सम्बद्ध कम्पनी हो, जसमा बैंकको २२.२२% स्वामित्व रहेको छ। देशको कृषि मूल्य शृङ्खलालाई सुदृढ बनाउन र दिगो कृषि विकासमा योगदान पुर्याउने उद्देश्यका साथ रु. १ अर्ब अधिकृत पुँजी र रु. ४० करोड चुक्ता पुँजीसहित सन् २०१८ मा स्थापित यो कम्पनी नेपालको अग्रणी सार्वजनिक कृषि कम्पनी हो। कृषि उत्पादकत्व बढाउन र ग्रामीण जीविकोपार्जनमा सुधार ल्याउन कम्पनीले स्थानीय सरकार, सहकारी, कृषि उद्यमी तथा विकास साझेदारहरूसँग नजिकबाट काम गर्दछ। यसले कृषकहरूलाई सम्पूर्ण उत्पादन चक्रमा सहयोग पुर्याउने ४५० भन्दा बढी कृषि उत्पादन तथा सेवाहरू प्रदान गर्दै आएको छ, जसले आधुनिक कृषिको प्रवर्द्धन र नेपालको कृषि अर्थतन्त्रलाई सुदृढ बनाउने यसको प्रतिबद्धतालाई झल्काउँछ। थप जानकारीका लागि https://www.muktinathkrishi.com/ मा जानुहोस्।