विशेषताहरु
ब्याज दर : आधार दर अधिक्तम ३.५०% प्रिमियम बार्षिक
सुविधाहरु
यस शिर्षक अन्तरगत जग्गा विकास, घर जग्गा खरिद विक्री, सामुहिक आवास जस्ता प्रयोजनको
लागि आवश्यक पर्ने अल्पकालिन तथा दिर्घकालिन पूंजीको लागि कर्जा प्रवाह गरिने छ । यस शीर्षक
अन्तरगत सामुहिक आवास र ब्यापारीक दृष्टिकोणले निर्माण गरिने भवन, सपिङ कम्प्लेक्स, जग्गा
खरिद गर्ने प्रयोजनको लागि कर्जा प्रवाह गरिनेछ ।
आवश्यकताहरु
- पुर्ण रुपमा भरिएको कर्जा आवेदन फारम
- पुर्ण रुपमा भरिएको Know Your Customer(KYC) फारम
- फर्म/कम्पनीको अध्यावधिक दर्ता प्रमाण पत्र
- फर्म/कम्पनीकोस्थाई लेखा नम्बर प्रमाण पत्र
- कम्पनीले कर्जा लिने र सो कार्यको लागी अख्तियार प्राप्त व्यक्ति तोकेको व्यहोराको सञ्चालक समितिको निर्णय Minute)
- कम्पनीको प्रबन्धपत्र र नियमावली
- कम्पनीको पछिल्लो पटकको शेयरधनी दर्ता किताव
- साझेदारी लिखत (साझेदार फर्मको हकमा)
- प्छिल्लो २ बर्षको लेखा परिक्षणको प्रतिवेदन
- आगामी ३ बर्षको प्रक्षेपित वित्तिय विवरण
- ऋणी र धनजमानीको हालसालै खिचिएको पासपोर्ट साईजको फोटो
- ऋणी र धनजमानीको आवास स्थानको मानचित्र
- ऋणी र धनजमानीको नागरिकताको प्रतिलिपी
- आयश्रोत प्रमाणित भएको कागजात
- घरजग्गाको लालपुर्जा
- राजिनामा/अंशबण्डा/बकसपत्र वा घरजग्गा नामसारी भईआएको लिखतको प्रतिलिपी
- पछिल्लो आ.व. को तिरो तिरेको रसिद
- चारकिल्ला प्रमाणितको कागज
- घर निर्माण सम्पन्नको प्रमाणपत्र (सम्वन्धित कार्यालयबाट)
- घरको नक्सा (सम्वन्धित कार्यालयबाट स्वीकृत)
- जग्गाको नापीनक्सा ९द्यगिभउचष्लत०
- जग्गाको ट्रेस नक्सा (आवश्यक भएमा)
- राष्ट्रिय परिचयपत्र
सेवा शुल्क
- प्रशासनिक शुल्क -१ %
- सि आइ सि शुल्क - रु. २५० प्रति सोधपुछ (कारोवार देखा नपरेमा)
- सि आइ सि शुल्क - रु. ५०० प्रति सोधपुछ (कारोवार देखा परेमा)