Saturday April 27, 2024
वि.सं २०८१ बैशाख १५ शनिवार
Global Alliance for Banking on Values European Microfinance Award
En

विशेषताहरु

ब्याज दर : आधार दर + अधिक्तम ६.००%  प्रिमियम बार्षिक

सुविधाहरु

​यो कर्जा ग्राहकका विभिन्न व्यक्तिगत तथा घरायसी वित्तीय आवश्यकता परिपूर्ति गर्नको लागि
प्रदान गरिन्छ ।

  • आवधिक कर्जा (Term Loan): आवधिक कर्जा अन्तर्गत विभिन्न दिर्घकालिन व्यक्तिगत तथा घरायसी वित्तीय आवश्यकताहरुपुरा गर्नको लागी प्रदान गरिने छ यद्यपी ऋणीले कर्जाको प्रयोजनको बारेमा खुलस्त उद्घोष गर्नुपर्नेछ र बैंकलाई सो प्रयोजन मान्य हुनुपर्नेछ ।
  • अधिविकर्ष कर्जा (Overdraft Loan):अधिविकर्ष कर्जा अन्तर्गत विभिन्न अल्पकालिन व्यक्तिगत एवं घरायसी आवश्यकताहरु पुरा गर्नको लागी प्रदान गरिने छ यद्यपी ऋणीले कर्जाको प्रयोजनको बारेमा खुलस्त उद्घोष गर्नुपर्नेछ र बैंकलाई सो प्रयोजन मान्य हुनुपर्नेछ ।

आवश्यकताहरु

  • पुर्ण रुपमा भरिएको कर्जा आवेदन फारम
  • पुर्ण रुपमा भरिएको Know Your Customer(KYC) फारम
  • ऋणी र धनजमानीको हालसालै खिचिएको पासपोर्ट साईजको फोटो
  • ऋणी र धनजमानीको आवास स्थानको मानचित्र
  • ऋणी र धनजमानीको नागरिकताको प्रतिलिपी
  • आयश्रोत प्रमाणित भएको कागजात
  • घरजग्गाको लालपुर्जा
  • राजिनामा/अंशबण्डा/बकसपत्र वा घरजग्गा नामसारी भईआएको लिखतको प्रतिलिपी
  • पछिल्लो आ.व. को तिरो तिरेको रसिद
  • चारकिल्ला प्रमाणितको कागज
  • सम्बन्धित कार्यालय वाट घर निर्माण सम्पन्नको प्रमाणपत्र
  • सम्बन्धित कर्यालयबाट स्वीकृत घरको नक्सा
  • जग्गाको नापीनक्सा (BluePrint)
  • जग्गाको ट्रेस नक्सा (आवश्यक भएमा)

सेवा शुल्क

  • ​प्रशासनिक शुल्क -१ %
  • सि आइ सि शुल्क - रु. २५० प्रति सोधपुछ (कारोवार देखा  नपरेमा)
  • सि आइ सि शुल्क - रु. ५०० प्रति सोधपुछ (कारोवार देखा  परेमा)