विशेषताहरु
ब्याज दर : आधार दर + अधिक्तम ४ .००% प्रिमियम बार्षिक
सुविधाहरु
यो कर्जा ग्राहकका विभिन्न व्यक्तिगत तथा घरायसी वित्तीय आवश्यकता परिपूर्ति गर्नको लागि
प्रदान गरिन्छ ।
- आवधिक कर्जा (Term Loan): आवधिक कर्जा अन्तर्गत विभिन्न दिर्घकालिन व्यक्तिगत तथा घरायसी वित्तीय आवश्यकताहरुपुरा गर्नको लागी प्रदान गरिने छ यद्यपी ऋणीले कर्जाको प्रयोजनको बारेमा खुलस्त उद्घोष गर्नुपर्नेछ र बैंकलाई सो प्रयोजन मान्य हुनुपर्नेछ ।
- अधिविकर्ष कर्जा (Overdraft Loan):अधिविकर्ष कर्जा अन्तर्गत विभिन्न अल्पकालिन व्यक्तिगत एवं घरायसी आवश्यकताहरु पुरा गर्नको लागी प्रदान गरिने छ यद्यपी ऋणीले कर्जाको प्रयोजनको बारेमा खुलस्त उद्घोष गर्नुपर्नेछ र बैंकलाई सो प्रयोजन मान्य हुनुपर्नेछ ।
आवश्यकताहरु
- पुर्ण रुपमा भरिएको कर्जा आवेदन फारम
- पुर्ण रुपमा भरिएको Know Your Customer(KYC) फारम
- ऋणी र धनजमानीको हालसालै खिचिएको पासपोर्ट साईजको फोटो
- ऋणी र धनजमानीको आवास स्थानको मानचित्र
- ऋणी र धनजमानीको नागरिकताको प्रतिलिपी
- आयश्रोत प्रमाणित भएको कागजात
- घरजग्गाको लालपुर्जा
- राजिनामा/अंशबण्डा/बकसपत्र वा घरजग्गा नामसारी भईआएको लिखतको प्रतिलिपी
- पछिल्लो आ.व. को तिरो तिरेको रसिद
- चारकिल्ला प्रमाणितको कागज
- सम्बन्धित कार्यालय वाट घर निर्माण सम्पन्नको प्रमाणपत्र
- सम्बन्धित कर्यालयबाट स्वीकृत घरको नक्सा
- जग्गाको नापीनक्सा (BluePrint)
- जग्गाको ट्रेस नक्सा (आवश्यक भएमा)
- राष्ट्रिय परिचयपत्र
सेवा शुल्क
- प्रशासनिक शुल्क -१ %
- सि आइ सि शुल्क - रु. २५० प्रति सोधपुछ (कारोवार देखा नपरेमा)
- सि आइ सि शुल्क - रु. ५०० प्रति सोधपुछ (कारोवार देखा परेमा)