Wednesday September 30, 2026
वि.सं २०८३ असोज १४ बुधबार
European Microfinance Award
En

संयुक्त राष्ट्रसंघको पूर्व महासचिव कोफी अन्नानका अनुसार “लघुवित्त, न्यून आय भएका परिवारहरुको लागि प्रदान गरिने यस्तो सेवा हो जुन अन्य सबै व्यक्तिहरुले प्राप्त गर्दछन् । यसले नागरिकहरुलाई संभावित जोखिमबाट जोगाउँछ भने अधिकाँश व्यक्तिहरुलाई राज्यको आर्थिक क्रियाकलापहरुमा सहभागी गराउँदछ । यसले बजार निर्माण गरी आपसी लाभको आधार तयार गर्दछ ।”
माथिको भनाई अनुसार नै, आर्थिक रुपमा पिछडिएका व्यक्तिहरुलाई पनि सम्मानित जीवन जिउनको लागि वित्तीय सेवाको आवश्यकता पर्दछ । यस विभागले कम तथा अति कम आय भएका व्यक्तिहरुमा समेत वित्तीय सेवाहरु प्रदान गर्दछ । यस्तो सेवाहरु अन्तर्गत रु. १,०००/- (एक हजार) सम्मको कर्जा विना धितो तथा सामूहिक जमानी वा व्यक्तिगत जमानीमा प्रदान गरिन्छ भने धितो राखेर पनि कर्जाहरु प्रदान गर्दै आएको छ ।
बैंकको लक्ष्य तथा अभियान बमोजिम बैंकले ग्रामीण तथा न्यून वित्तीय पहूँच भएका क्षेत्रका लघु, साना तथा मझौला उद्यमी÷व्यवसायीहरु प्रति सेवालाई लक्षित गरेको छ । लघु बैंकिङ्ग अन्तर्गत लघुवित्त सेवाहरु प्रदान गरिन्छ । यो सेवा प्रदान गर्न अधिकांश शाखाहरुमा समावेशी बैंकिङ्ग डेस्क स्थापना गरिएको छ, जहाँबाट लक्षित वर्गका व्यक्तिहरुलाई कर्जा, बचत, विप्रेषण सेवाहरु लगायत सामाजिक सुरक्षा सेवाहरु प्रदान गरिन्छ । लक्षित वर्गको सही छनौट, असल कर्जा स्वीकृति प्रकृया तथा कर्जा अनुशासनले यस विकास बैंकको लघु बैंकिङ्ग सेवाले सेवा विस्तारको साथै दिगोपना हासिल गरेको छ ।