Tuesday April 23, 2024
वि.सं २०८१ बैशाख ११ मङ्गलबार
Global Alliance for Banking on Values European Microfinance Award
En
मुक्तिनाथ विकास बैंकद्धारा महानगरीय प्रहरी वृत्त, कमलपोखरीलाई हरित गार्डेन हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्धारा महानगरीय प्रहरी वृत्त, कमलपोखरीलाई हरित गार्डेन हस्तान्तरण
मुक्तिनाथ विकास बैंक लि.ले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडां नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौंरमा बनाएको वातारण मैत्री हरित गार्डेन आज हस्तान्तरण गरेको छ । यसका साथै बैंकले १००० थान पकेट डायरी पनि महानगरीय प्रहरी वृत सामुदायिक शाखालाई हस्तान्तरण गरेको छ । उक्त गार्डेन तथा पकेट डायरी बैंकका सञ्चालक समितिका सदस्य श्री नारायण कुमार श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेलले काठमार्डौ महानगरपालिका वडा नं १ का अध्यक्ष श्री भरतलाल श्रेष्ठ र महानगरीय प्रहरी वृत सामुदायिक शाखा, कमलपोखरीका प्रमुख प्रहरी नायव उपरिक्षक श्री रविन्द्र नाथ पौडेललाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो । यस हस्तान्तरण कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द बहादुर राउत, महानगरीय प्रहरी परिसर टेकु काठमाडौंका प्रमुख प्रहरी नायव उपरिक्षक श्री राजेन्द्र पोखरेल, सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्ष श्री नरेन्द्र बहादुर श्रेष्ठ, सामुदायिक सेवा केन्द्र टुुँडालदेवीका अध्यक्ष श्री राम प्रसाद न्यौपाने लगायत स्थानीय नागरीक, समाजसेवी, वुद्धिजीवि तथा प्रहरी वृत्तका कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रममा अतिथिहरुले सामाजिक कार्यमा बैंकको सहभागीता उदारणीय रहेको भन्दै आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गर्नु भयो ।
मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी ११८ वटा शाखा, २२ वटा ए.टि.एम. र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका ब्त्ः बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा सञ्चालनमा ल्याएको छ ।