Thursday March 28, 2024
वि.सं २०८० चैत १५ बिहिबार
Global Alliance for Banking on Values European Microfinance Award
En
नेपाल राष्ट्र बैंक र मुक्तिनाथ विकास बैंक, देव: विकास बैंक लिमिटेड बीच आरटिजिएस सम्झौता

प्रेश विज्ञप्ती
नेपाल राष्ट्र बैंक र मुक्तिनाथ विकास बैंक, देव: विकास बैंक लिमिटेड बीच आरटिजिएस सम्झौता

मिति २०७६/०९/२९

नेपाल राष्ट्र बैंक र मुक्तिनाथ विकास बैंक लि तथा देवः विकास बैंक लिमिटेडबीच आरटिजिएस (RTGS)  प्रणाली सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा नेपाल राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक श्री बम बहादुर मिश्र, मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेल र देवः विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री विजय बहादुर श्रेष्ठले हस्ताक्षर गर्नुभयो । यस सम्झौता पश्चात भुक्तानी प्रणालीमा सहजता आउने बैंकले जनाएको छ । 
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सूचना अधिकारी श्री तिल बहादुर गुरुङ्गले बताउनुभयो ।