Friday March 29, 2024
वि.सं २०८० चैत १६ शुक्रबार
Global Alliance for Banking on Values European Microfinance Award
En

Success Story

जिबन परिर्बतन गर्न सिकायो लघुवित्तले

Parbat / Gandaki Pradesh / पर्वत जिल्ला, फलेबास नगरपालिका वडा .नं १
Putalibazar Small and Micro Banking Desk
242020-12-10

पर्वत जिल्ला फलेबास नगरपालिका  वडा नं १ मा २०४४ सालमा जमुना लामिछानेको जन्म भएको थियो । करिव १८ बर्षको कलिलो उमेरमा नै २०६२ सालमा स्याङ्गजा जिल्ला आधिखोला गाउँपालिका वडा नं ४ लप्सीबोट निबासी चोलाकान्त लामीछानेसगं विवाह बन्धनमा बाँधिनु भयो ।

आफ्नो जीवनलाई पछाडि फर्केर हेर्दा उहाँको संघर्षमय कथा यस्तो देखिन्छ । १ छोरी १ छोरा र आफू २ जना गरी ४ जनाको परिवार जेनतेन गुजाराको जिन्दगी चलि रहेको थियो । श्रीमान्को खासै जागिर थिएन, भविष्यको यात्रा लामो थियो । छोराछोरीको शिक्षा र लालनपालनको जोहो अहिलेदेखि नगर्ने हो भने भविष्य अन्धकार हुन्छ भन्ने पिरलोले जमुना लामीछानेलाई सताई रहन्थ्यो । श्रीमान् खेति किसानको काम गर्नुहुन्थ्यो र परिवार सन्तुलित अवस्थामा चलि रहेको थियो । श्रीमान्को सामान्य खेती किसानीबाट मात्र खासै आम्दानी थिएन ,त्यसैले जमुना लामीछानेलाई आफ्नो पतिको कमाईमा मात्र भर पर्ने आधार थिएन । तर परिवार पाल्नै पर्ने वाध्यता थियो । २,४ पैसा जोगाएर केही राम्रो गर्न सकिएला भनेर २०७३ सालमा ०३ महिनामा मुत्तिनाथ विकास बैकमा आबद्घ भई शुरुमा रु.५०,०००/– कर्जा लिई कस्मेटिक पसल शुरु गरी घर व्यवहार सञ्चालन र बालबच्चाको स्याहार गर्न थाल्नुभयो । पछि फेरी बंैकबाट अलि बढी पैसा लिएर सानो फेन्सी पसल सुरु गरेर आत्मनिर्भर बन्ने बाटो खोज्नुभयो ।

हाल सम्म उहाले साधारण कर्जा पाँचौ पटक, विशिष्ट कर्जा प्रथम पटक गरी विना धितो रु.,५८१,०००/– कर्जा चलाउनुभएको छ । उहाँ निर्धक्कसंग भन्नुहुन्छ “खेतीपाती पनि गरेकी  छु, मैले हरेक व्यवसायलाई समय व्यवस्थापन गरेकी छु र गाउँ समाजमा हुने हरेक सामाजिक कार्यमा पनि सहभागी भएकै छु । यसरी आफ्नो घरायसी काम पनि सकेकीे छु”। महिला दिदीबहिनीहरुलाई कुनै पनि काम सक्दिन भनेर पछि पर्ने हैन सक्दिन भन्यो भने झन् कमजोर बनाँउछ भन्नुहुन्छ । उनकोे भोगाईमा हुदैन, सक्दिन, गाह्रो छ भन्ने शब्द कमजोर व्यक्तिहरुले मात्र भन्ने गर्दछन् जस्तो लाग्छ रे ।  “यी सबै कुरामा मलाई मुक्तिनाथ बिकास बैङ्कको लघुवित्त कार्यक्रमले सिकायो । जमुना लामिछाने भन्नुहुन्छ “यो बैङ्क नामको मात्र मुक्तिनाथ नभई साच्चिकै तिर्थस्थल हो यसले धेरै असहायलाई गरिवीको मुक्तिको बाटोबाट तारेको छ ।”