Thursday April 25, 2024
वि.सं २०८१ बैशाख १३ बिहिबार
Global Alliance for Banking on Values European Microfinance Award
En

Success Story

गाईपालनबाट सफलता

Chitwan / Bagmati Pradesh / जगतपुर गा.वि.स. ०६, चितवन
Parbatipur Small and Micro Banking Desk
442021-01-10

वि.स. २०२८ साल चैत्र २६ गते जगतपुर गा.वि.स. ०६, चितवनमा जन्मनु भएको पार्वती गौतम विबाह गरी सपरीवार सँगै भरतपुर म.न.पा.–२१ मा बसोबास गर्दै आउनु भएको छ । मध्यम बर्गीय परीवारमा जन्मेकी उनी उनको बिबाह पनी एक मध्यम बर्गीय किसानको घरमा भयो । उनका श्रीमान परम्परागत कृषि तथा गाई पालन गर्दै आउनु हनुहुन्थ्यो । निजले पहिला ३ वटा गाई पालन गर्नु भएको थियो । यसरी गाई पालन गर्दा खासै साम्रो आम्दानी नहुने र भएको आम्दानीले मासीक खाना खर्च मात्र पुग्दथ्यो । ब्यबसाय बृद्धि गर्न लगानीको अभाब भईरहेको बेला मुक्तिनाथ विकस बैकको कार्यक्रम उहाको घर दैलोमा पुग्यो जसमा उहाँले समुहमा बसी ब्यबसाय गर्न विनाधितो कर्जा पाईन्छ भन्ने कुराको जानकारी पाउनु भयो र वि.स. २०७१ साल साउन महिनामा मुक्तिनाथ विकास बैकको महिला समुहमा सदस्यता लिनुभयो  । 

सदस्य पार्वती गौतम यस मुक्तिनाथ विकास बैकको समुहमा एक लगनशिल र मेहनेती सदस्यको रुपमा अगाडी बढ्ने सोचले बस्नु भएको थियो । बैकले सदस्यलाई विनाधितो कर्जा प्रवाह गर्ने भएकोले निजलाई उक्त विनाधितो कर्जा लिई ब्यबसाय बृद्धि गर्छु भन्ने उत्साह बढेर आएको थियो । यस बैकको समुहमा आबद्ध भए पस्चात उनले घर सल्लाह बमोजीम पहिलो पटक रु. ५०,०००/– कर्जा चलाउनु भएको थियो । निजले उक्त कर्जा रकममा आफुले घर खर्चबाट बचाएर राखेको रकम मिलाई गाई थप गर्नु भयो । उहाले गाई थप गरीसक्नु भएपछी गाईको गोबर मल र दुध विक्री गर्न थाल्नु भएदेखी आम्दानी बृद्धि हुन थाल्यो र बैकको किस्ता र घर खर्च कटाई केहि रकम बचत हुन थाल्यो । उक्त कर्जा चुक्ता गरीसकेपछी उनले पटक पटक गरी ८ लाख भन्दा बढीको कर्जा कारोबार गर्नु भएको र उक्त लिनुभएको सम्पुर्ण कर्जा रकम गाई पालन ब्यबसायमा लगानी गरी गाई पालन ब्यबसायलाई बृद्धि गर्नु भयो । 

विगत लामो समय देखी गाई पालन ब्यबसायमा आबद्ध भई काम गर्दै आउनु भएता पनी सुरुवाती समयमा खासै सफलता प्राप्त गर्न सक्नु भएको थियन । जब उनले मुक्तिनाथ बैङकको महीला समुहमा आवद्ध भई सदस्य बन्नु भयो । उनको समय तथा दिनचर्या विस्तारै फेरिदै गयो र उनी एक सफल पत्नी,  आमा साथै एक सफल व्यवसायीको रुपमा स्थापित हुनुभएको छ । आज मुक्तिनाथको साथ र पार्वतीको  मिहेनत र परिश्रमको कारण उनको आफ्नै पहीचान छ ।