Saturday April 27, 2024
वि.सं २०८१ बैशाख १५ शनिवार
Global Alliance for Banking on Values European Microfinance Award
En

Success Story

सानो लगानी, सफल उद्यमी

Chitwan / Bagmati Pradesh / खैरहनी न.पा. ०१, डेरीचोक,चितवन जिल्ला
Parsa Small and Micro Banking Desk
122020-10-18

नेपाली समाज विशेषगरी कृषि तथा पशुपालनलाई आफ्नो मुख्य पेशा बनाई जिविकोपार्जन गर्ने गरेको प्रशस्तै पाईन्छ । त्यसैमध्ये पशुपालन मुख्य पेशा बनाउदै आउनुभएको चितवन जिल्ला खैरहनी न.पा. ०१, डेरीचोक बस्दै आउनुभएको सावित्रा विसुराल मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय पर्साको सान तथा लघुबैंकिङ्ग विभाग तर्फ केन्द्र न. ०५२ को सदस्य हुनुहुन्छ । पर्सा शाखाको स्थापनाकालदेखि विसुराल यस बैंकमा आबद्घ हुनुभएको हो । २ छोरा, श्रीमान् र आफु गरी ४ जनाको परिवार रहेको उहाँको आर्थिक अबस्था सामान्य नै रहेको थियो । आफ्नो आर्थिक स्तरमा बृद्धि गरि आम्दानी बढाएर घरपरीवार राम्रोसँग चलाउन मुक्तिनाथ विकास बैंकबाट २०७४ माघ महिनामा  पहिलो पटक रु. ५,०००/– कर्जा माग गर्नुभयो । उक्त कर्जाले १ वटा सानो बाच्छी खरीद गर्नुभयो । विसुराल भन्नुहुन्छ “यदी मैले दुध दिने गाई किनेर दैनिक दुध विक्रि गरे भनेत धेर थोरै आम्दानी हुन्थ्यो । यही सोच गरि दोस्रो पटक बैंकबाट रु. १,००,०००/– कर्जा माग गरे । सोही कर्जाबाट १ वटा दुध दिने गाई खरिद गरे । दुध विक्रि गरि राम्रो आम्दानी गरे उक्त आम्दानीबाट आएको रकमबाट किस्ता पनि तिर्दै गए ।”  
 
काम गर्ने चाहाना मनमा भयो भने जस्तोसुकै काम पनि गर्न सकिन्छ भन्ने उहाँको मनमा विश्वास भयो । केही आम्दानी हुन थाले पछि उहाँको मनमा काम गर्ने जोस जागर बढ्यो । बैंकबाट तेस्रो पटक रु.१,००,०००/– कर्जा माग गरि १ वटा भैसी खरिद गर्नुभयो । गाई र भैसीको दुध विक्रीबाट आम्दानी राम्रो भएकोले बच्चाहरुलाई शिक्षा दिन लागि राम्रो स्कुलमा पढाउन सक्ने बन्नुभयो ।  त्यसैगरी बैंकबाट चौथो पटक रु.१,५०,०००/–कर्जा माग गरि १ वटा भैसि नै थप गर्नुभयो । अहिले उहाँको २ वटा भैसी र २ वटा गाई रहेको छ । उहाँले अहिले मासिक रु.४०,०००/– सम्म दुध विक्री गर्दै आइरहनुभएको छ । आम्दानी बढेको हुनाले उहाको आर्थिक अवस्थामा सकारात्मक सुधार भएको छ ।
   
कुनै पनि काम सानो हुदैन, थोरै लगानीवाट सुरु गरेर पनि सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरणको पात्र वनेकी छन् सावित्रा विसुराल ।