Thursday April 25, 2024
वि.सं २०८१ बैशाख १३ बिहिबार
Global Alliance for Banking on Values European Microfinance Award
En

Success Story

श्रृजनाको सफलता

Rupandehi / Lumbini Pradesh / सिद्धार्थनगर न.पा–६, बसडिलिया
Bhairahawa Small and Micro Banking Desk
262020-12-10

गुल्मी जिल्ला धुरकोट गा वि स वडा नं ३ हाल सिद्धार्थनगर न.पा–६, बसडिलियामा बस्ने श्रृजना बि.क.। वि सं २०४८ सालमा जन्मिएकी वर्ष २९ की श्रृजना वि.क.को जीवनमा थुप्रै उतार चढाव आए । बाबुको सात जना सन्तान मध्ये सबैभन्दा कान्छी छोरी भएको उनी गरीब परिवारमा जन्मेको हुनाले पढ्नलाई पैसाको अभावले शिक्षालाई निरन्तरता दिन नसकेर कक्षा ५ मा नै पढाई छाड्न बाध्य भएकी उहाँ आमा बुवालाई घरको काममा सघाउने र मेलापात गरी जीवीकोपार्जन गर्ने बाहेक केही पनि बिकल्प केही नदेखी जीवनमा केही गर्छु भन्ने सोंचले ६ महिना सम्मको सिलाई कटाई सम्बन्धि सीप हासिल गरेपछि सिलाई व्यवसाय सञ्चालन गर्नको लागि आवश्यक पर्ने रकम लगानी गर्न नसक्दा सोंचे अनुसार सफलता हासिल गर्न नसकेका बताउनु भयो ।
बाबा आमाले हुर्केको चेली धेरै समय राख्नु हुन्न भनेर १९ वर्षको कलिलो उमेरमा बिहे गरिदिनुभो । जीवनमा झन् ठुलो जिम्मेवारी तथा समस्या थप हुँदै गयो । विहान साँझ के खाने भन्ने समस्याबाट जीवन गुजारी रहेको अवस्थामा थप २ छोराहरु परिवारमा थपिए पछि जीवनको यात्रा झन कष्टकर बन्दै गएको थियो । श्रीमान पनि टुहुरो आमा बाबा नभएको आफन्तको घरमा बसेर जीवीका चलाई रहेको उहाँको श्रीमानले परिवार चलाउनको लागि व्यक्तिगत सापटी लिएर वैदेशिक रोजगारको लागि बहराईन, साउदी गई रोजगार गरे । विदेशबाट गरेको आम्दानीले विदेश जाँदा लिएको साहुको ऋण बल्ल तल्ल तिर्ने गरी आम्दानी गरेर ८ महिनामा नै नेपाल फर्किए । अव जीवन चलाउनको लागि झन् ठुलो समस्या थपियो । बजारको महंगी आम्दानीको शून्यताले जीवन झनै निराश बन्दै गएको उहाँको जीवन गन्तव्यहिन बनेको थियो ।
परिवारमा आम्दानी जोहो गर्नको लागि २०७० सालदेखि बसन्तपुर रुपन्देहीमा सानो ठेलाबाट व्यवसाय शुरु गर्दै आएको श्रृजनाले सानो व्यवसाय भएकोले आम्दानी पनि कम हुुने खर्च चलाउनको लागि पनि धौ धौ हुने भएकोले रेष्टुरेण्ट व्यवसाय सञ्चालन गर्ने सपना मनभरी बोकेर धेरै संस्था तथा बंैकमा ऋण लिनको लागि श्रीमान श्रीमति भौतारिए तर कुनै पनि संस्थाले ऋण नपत्याएपछि २०७६ साल फागुनमा मुक्तिनाथ बैंक भैरहवा शाखामा गई कर्जा सेवाको बारेमा बुझ्दा विना धितो पनि कर्जा दिन सक्ने जानकारी पाएपछि आफ्नो सपना पुरा हुने भो भनि खुसी भएर फर्किइन् । अर्को दिन कर्जा लिनको लागि कागज पत्र दिएको ३ दिनमै ३ लाख रुपैया कर्जा उपलब्ध भएपछि आफूले उधारोमा खरिद गरेको रेष्टुरेण्टको रकम भुक्तानी गरी हाल ब्च् खाजा घर तथा रेष्टुरेण्ट नामको व्यवसाय श्रीमान श्रीमति मिलेर सञ्चालन हुँदै आएको छ । 
लगानी गरी व्यवसाय सञ्चालन गरेपछि जीवीकोपार्जन गर्नको लागि सहज हुँदै गएको साहुको ऋण नरहेको पसलमा १ जना काम गर्ने मान्छे राखेर आफ्नै रेष्टुरेण्ट सञ्चालन गर्दै आइरहनु भएको श्रृजनाले हाल व्यवसायबाट मासिक खर्च कटाएर २० हजारसम्म आम्दानी हुँदै आएको बताउनु भयो । बेसहारा बनिरहेको अवस्थामा सहारा बनी विश्वास गरेर रेष्टुरेण्ट सञ्चालनको लागि कर्जा उपलब्ध गराएकोमा बैंकलाई धन्यवाद दिंदै अहिले निकै खुुसी साथ परिवार चलाउँदै आइरहनु भएको छ, । मुक्तिनाथ विकास बैंकको सेवा सुविधा, विशेषता र विश्वसनीयता अरुलाई पनि सुनाउन थालेको भन्दै “अरु बैंक त के कस्तो हो तर बेसाहाराको सहयोग गर्ने बैंक भनेको मुक्तिनाथ रहेछ भन्नु भयो ।