Tuesday May 7, 2024
वि.सं २०८१ बैशाख २५ मङ्गलबार
Global Alliance for Banking on Values European Microfinance Award
En

Success Story

सुवाषको कृषि भैसि फार्मबाट सफलता

Udayapur / Province No. 1 / उदयपुर जिल्ला कटारी नगरपालिका वडा नं–३
Katari Small and Micro Banking Desk
322020-12-13

प्रदेश नं–१ सगरमाथा अंञ्चल उदयपुर जिल्ला कटारी नगरपालिका वडा नं–३,हडैया निवासी श्री सुवास थापाले पैसा कमाउने सिलसिलामा साउदी अरवमा साढे २ वर्ष, दुवईमा २ वर्ष र कतारमा २ वर्ष समय विताउनुभयो । तर सोचे जस्तो कमाई नभएपछि विदेशमा यति दुःख गर्नु पर्छ भने आफ्नै गाँउमा केही गर्छु भन्ने सोच वनाएर उहाँ घर फर्कनुभयो, र भैसीपालन गरेर दुध, घिउ वेचेर धेरै आम्दानी गर्ने सपना देखे । परिश्रमी हातहरु भोको हुदैन भन्ने सकारात्मक सोचाईको साथ उहाँले लक्ष्मी कृषि भैसी फार्म दर्ता गर्नु भयो, र उहाँ कटारी वजारमा रहेको विभिन्न सरकारी तथा प्राईभेट वैंकहरुमा धाउन थाल्नुभयो ।

बैंकमा पहुँच नभएकोले भैसीपालनको लागि सहुलियत कर्जा दिनलाई विभिन्न बहाना वनाएर कागजात मिलेन भन्दै फर्काइदिए । यस्तो क्रम करिव ३ महिनामा सम्म चलिरह्यो । तत् पश्चात उहाँ निराश मन मस्तिष्क लिएर घर जानुभयो, अनि सोच्न चाल्नुभयो कि जनतालाई सेवा दिने कुन बैंंक रहेछ भनि मनमा जिज्ञासा राख्न थाल्नुभयो र ढुङ्गा खोज्दा देउता मिल्यो भने जस्तै.‘जनता बैंकमा होईन बैंकमा जानु पर्दछ, भन्ने मुल नारा भएको मुक्तिनाथ विकास बैंक लिमिटेडको “मुक्तिनाथको कर्जा, उद्यमीलाई उर्जा” भन्ने बैंकको पर्चा छिमेकीवाट पाउनुभयो । उँहाले बैंकको कटारी शाखामा कर्मचारीलाई फोन गरी आफ्नो जिज्ञासा राखी योजना वताउनुभयो र बैंकका कर्मचारी उहाको घरमै जानु भयो । उहाँको  व्यवसाय निरिक्षण संगै योजना सुनेर परिश्रमी युवालाई स्वरोजगार वनाउनलाई सहयोग गर्नैपर्छ भन्ने सोचका साथ आवाश्वक कागजात संकलन गरी कार्यालय फर्कनु भयो ।

उहाँको व्यवसायलाई थप विस्तार गर्न साथै मेहेनती हातहरुलाई सहयोग गर्नलाई मिती २०७६ साल कात्तिकमा विना धितो मुक्तिनाथ सहुलियत कर्जा रु.७ लाख कर्जा लगानी भयो र उहाले पहिले रहेको १ ओटा भैसीवाट थप ५ ओटा उन्नत जातको दुहुनो भैसी, १ ओटा रागाँ खरिद, गोठ निर्माण र घाँस काट्ने मेसिन पनि खरिद गर्नुभयो । त्यो संगै भैसी राँगाको विमा पनि गर्नुभयो । हाल उहाँको परिवारमा २ ओटा छोरी आमा, श्रीमतीले उक्त व्यवसायमा साथ दिदै आइरहनु भएको एवं दैनिक ५०–५५ लिटर दुध त्रिवेणी दुग्ध उधोगले घरमै आएर लैजाने गरेको र मासिक रु.७५,०००÷–सम्म आम्दानी हुने गरेको बताउनु भयो ।

युवा उद्यमी श्री सुवास थापा मुक्तिनाथको सेवा देखेर दङ्ग परेका छन् र व्यवसाय गर्ने युवाहरुलाई व्यवसाय गर्न हौसला प्रदान गरी मुक्तिनाथ विकास बैंकमा जानलाई सल्लाह पनि दिनुहुन्छ, साथै उहाले व्यवसायलाई थप विस्तार गर्र्दै लैजाने योजनामा रहेको एक सफल व्यवसायीको रुपमा उहाँ परिचित पनि हुनुहुन्छ ।