Thursday August 13, 2020
वि.सं २०७७ साउन २९ बिहिबार
En

साना तथा लघुबैंकिङ्ग कार्यक्रम एक परिचय

मुक्तिनाथ विकास बैंक लिमिटेड, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “ख” वर्गको राष्ट्रियस्तरको विकास बैंक हो । यो विकास बैंकको स्थापना २०६३ साल पौष १९ गते भएको हो । बि.सं. २०६५ साल बैशाख    (सन् २००८ अप्रिल) देखि यो विकास बैंकले नेपालमा पहिलो पटक नेपाली परिवेश सुहाउँदो आधुनिक बंैकिङ्गको साथै, ग्रामीण बैंकिङ्ग र लघुवित्त कार्यक्रमको शुरुवात गरेको थियो । हाल लघुवित्त सेवा साना तथा लघु बैंकिङ्ग विभाग मार्फत प्रदान गर्दै आएको छ । यो विभागले लघु तथा साना उद्यमी र व्यवसायीहरुलाई वित्तीय सेवा प्रदान गरी स्वरोजगार सिर्जना गर्न वित्तीय सेवाको साथै गैरवित्तीय सेवाहरु जस्तैः क्षमता विकास, वित्तीय र व्यवसायिक साक्षरता जस्ता कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ । यसको प्रभावकारिताको लागि केन्द्रीय कार्यालयदेखि शाखा स्तरसम्म छुट्टै तहगत संरचना र जनशक्तिको व्यवस्थापन गरिएको छ ।   
 
साना तथा लघु बैंकिङ्ग सेवा विस्तारको लागि विभिन्न मोडलहरु तयार गरिएको छ । ती मोडेलको आधारमा रहेर मुख्य गरी ग्राहकहरुलाई व्यक्तिगत तथा संस्थागत कर्जाहरु प्रदान गर्ने र निक्षेप संकलन गर्ने कार्य गरिएको छ । यसको साथै, ग्राहकको आवश्यकता र चाहना बमोजिम विभिन्न बीमा कम्पनीहरुसंगको सहकार्यमा बीमा सेवा प्रदान गर्न सहजिकरण गरिएको छ । यस विकास बैंकले उपयुक्तताको आधारमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुसंग समन्वय गरी ग्राहक लक्षित कार्यक्रमहरुमा पनि सहभागिता जनाउँदै आएको छ ।