Saturday April 27, 2024
वि.सं २०८१ बैशाख १५ शनिवार
Global Alliance for Banking on Values European Microfinance Award
En

बैंकले ग्राहकको ईच्छा बमोजिम आफ्नो भौतिक सम्पत्तिहरु जस्तै : घर, सवारी साधन, व्यवसाय आदिको विभिन्न प्रकारले हुने क्षतिको बीमा गराउन सक्नेछन् । यसको लागि बैंकले ग्राहकले रोजेको बीमा कम्पनीसंग सुरक्षण गराउन बैंकले सहजीकरण गर्दछ । 

बैंकले लगानी गरेको सहुलियतपूर्ण कर्जाहरुको नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सुरक्षण गर्ने गरेको छ । यसको लागि बैंकले कर्जा रकमको ०.२५ प्रतिशतले हुने रकम कर्जा सुरक्षण वापत निक्षेप तथा कर्जा सुरक्षण निगमलाई बुझाउने गर्दछ ।  

बैंकले ग्राहकको ईच्छा बमोजिम पशुपालनमा लगानी हुने कर्जाको सुरक्षण गर्ने व्यवस्था गरेको छ । निक्षेप तथा कर्जा सुरक्षण निगमसंगको सहकार्यमा यो सेवा प्रदान गरिएको छ । सुरक्षण अवधिमा सुरक्षण गरिएको पशुधनको मृत्यू भएमा कर्जा रकमको ८० प्रतिशत रकम क्षतिपूर्ति निगमले प्रदान गर्दछ ।  

नेपाल राष्ट्र बैंकको निर्देशनानुसार प्रति बचत खाता रु.३,००,०००/– सम्मको निक्षेप तथा कर्जा सुरक्षण निगमसंग बीमा गरिएको छ ।

सामाजिक सुरक्षा कार्यक्रम: 
यस कार्यक्रमको प्रमुख उद्देश्य लघुवित्त कार्यक्रममा आवद्ध भएका सदस्यहरुलाई भवितब्यको रुपमा आई पर्ने दुःख र समस्यामा सहयोग गर्नु रहेको छ । यसको लागि योग्य हुन सदस्यले न्यूनतम एक पटक विना धितो कर्जा लिई कर्जा सुरक्षण शुल्क (कर्जा रकमको १ प्रतिशतले हुने रकम) तिरेको हुनु पर्दछ ।  बैंकले निम्न सहयोग र सुविधाहरु प्रदान गर्दै आई रहेकोछ ।

१. सुत्केरी स्याहार खर्च  
एक पटक साधारण कर्जा लिई सकेका सदस्यहरु पहिलो २ पटक सुत्केरी हुँदा यो सुविधा प्रदान गरिन्छ ।  यो खर्च प्रति सुत्केरी रु.१,५००/– रहेको छ ।

२. प्राकृतिक प्रकोपहरु जस्तैः बाढी, पहिरो, आगलागी, जलवायु परिवर्तन, शीतलहर आदिका कारणले सदस्यहरुको भौतिक सम्पत्ति क्षती भएमा क्षतीको मात्रा हेरी सुविधा प्रदान गरिन्छ । यो सुविधा रु.२,५०० देखि रु.५,०००/– सम्म रहेको छ ।

३. काजक्रिया खर्च : सदस्य वा सदस्यको अभिभावकको मृत्यू भएमा रु. ५,०००/– सम्म काज क्रिया खर्च प्रदान गरिन्छ । 

४. कर्जा मिनाह र तिरेको रकम फिर्ता : ऋणी सदस्यको बैंकलाई तिर्न बाँकी कर्जा रहँदा कै वखत मृत्यू भएमा निजको बाँकी कर्जाको साँवा र व्याज मिनाह गरिन्छ भने मृत्यू हुनु भन्दा अगाडि निजले तिरेको साँवा तथा व्याज नगदै निजको हकवालालाई फिर्ता गरिन्छ ।