Saturday April 27, 2024
वि.सं २०८१ बैशाख १५ शनिवार
Global Alliance for Banking on Values European Microfinance Award
En
साना उद्यम/व्यवसायहरुले रोजगारी सिर्जना, गरिबी न्यूनीकरण तथा समग्र निजी क्षेत्रको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सन् २०१० को एक अध्ययन अनुसार साना तथा मझौला उद्यमहरुले नेपालको कुल जनशक्तिको लगभग ५७ प्रतिशत रोजगारी (लघु उद्यम वाहेक) प्रदान गरेको पाईएको छ । साना तथा मझौला उद्यमहरुले वित्तीय सेवा तथा व्यवस्थापकीय समस्या भोगी रहेका छन् । यही समस्या समाधानको लागि यस विकास बैंकले वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्न प्राथमिकता दिएको छ । यस अन्तर्गत बैंकले उद्यम/व्यवसाय संचालनको लागि चालु पूँजी, सम्पत्ती थप, तथा विस्तार गर्न विभिन्न शिर्षकहरुमा वित्तीय सेवाहरु तथा व्यवसायिक परामर्श र व्यवसायिक साक्षरता जस्ता गैर वित्तीय सेवाहरु प्रदान गर्दछ । साना बैंकिङ्ग सेवा अन्तर्गत रु. पचास लाख सम्मको कर्जाहरु प्रदान गरिदैं आईएको छ ।