Saturday April 27, 2024
वि.सं २०८१ बैशाख १५ शनिवार
Global Alliance for Banking on Values European Microfinance Award
En

यस बैंकिङ्ग अन्तर्गत बैंकले विभिन्न साझेदार संस्थाहरुसंगको सहकार्यमा वित्तीय तथा गैर वित्तीय सेवाहरु प्रदान गर्दछ । बैंकिङ्ग सेवाको पहुँचमा नरहेका नागरिकहरुलाई सेवा प्रदान गर्न तथा नवीन तवरबाट वित्तीय सेवा प्रदान गर्न साझेदारी बैंकिङ्ग अवलम्बन गरिन्छ । ग्राहकका आवश्यकताहरु नियमित पृष्ठपोषणहरुले मात्र पर्याप्त नहुन सक्दछ, त्यसैले समउद्देश्य भएमा संस्थाहरुसंगको आवद्धता अपरिहार्य देखिन्छ । बैंकले विभिन्न समयमा गरिएका साझेदारीहरु यस प्रकार छन् । 

१. LI-BIRD/MSFP (2013-2015):वहुसरोकारवाला बन कार्यक्रम “Multi Stakeholder Forestry Programme (MSFP)”  UK Aid,  अन्तर्राष्ट्रिय विकास विभाग, फिनल्याण्ड सरकार र विकास सहयोगको लागि स्वीस एजेन्सी र नेपाल सरकारद्वारा संचालित एक कार्यक्रम हो । जसले नेपालका गरिब पिछडिएका जनताको जीवनस्तर उकास्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । समावेशी आर्थिक बृद्धिको लागि बन क्षेत्रको विकास, गरिबी न्यूनीकरण, तथा जलवायु परिवर्तनसंग जुध्नको लागि यो कार्यक्रम ल्याइएको थियो । 
यो कार्यक्रम संचालन LI-BIRD  ले गरेको थियो भने कार्यक्रम अन्तर्गत उद्योग बाणिज्य संघ म्याग्दी, बाग्लुङ्ग र पर्वतले आआफ्नो जिल्लामा Value Chain Development Fund (VCDF)  स्थापना गरी बन पैदावारमा आधारित उद्यम व्यवसायहरुमा लगानी विस्तार गरिएको थियो । यस विकास बैंकले तोकिएका उद्यम व्यवसायहरुमा वित्तीय सेवाहरु उपलब्ध गराएको थियो । 

२. Access Advisory (2014-2018): रेमिट्यान्सबाट प्राप्त रकमलाई ग्रामीण क्षेत्रको विकासको लागि लगानी गर्न यो कार्यक्रम संचालन गरिएको थियो । यस अन्तर्गत बैदेशिक रोजगारीमा गएका व्यक्ति वा निजको परिवारहरुलाई बचतमा प्रोत्साहन गरी सो रकमबाट उनीहरुले नै उद्यम गर्न सक्ने गरी लगानी गर्नु प्रमुख उद्देश्य थियो । 

३.Habitat for Humanity International: Habitat for Humanity International ले अर्थपूर्ण जीवनको लागि आवास (२०१६), अभियान अन्तर्गत न्यून आय भएका व्यक्तिहरुको लागि न्यूनलागत आवासको बारेमा व्यापक जनचेतना जगाउने कार्य गरिएको थियो ।

४.Frankfurt School of Finance & Management and International Development Enterprise Nepal (iDE Nepal):यस साझेदारी अन्तर्गत Frankfurt School of Finance & Management तथा International Development Enterprise Nepal (iDE Nepal) को संयुक्त पहलमा बजार अनुसन्धानबाट जलवायुमैत्री कृषि कर्जाको विकास गरिएको थियो । किसानहरुलाई आवश्यक तालिम तथा कर्जाको व्यवस्था गरिएको थियो । 

५. Mennonite Economic Development Associates (MEDA) and International Development Enterprise Nepal (iDE Nepal):यो कार्यक्रम अन्तर्गत बैकल्पिक माध्यमबाट कर्जा लगानी गरिएको थियो । कार्यक्रम अवधिभर १,५९० जना किसानहरुले बैकल्पिक माध्यमको प्रयोग गरी वित्तीय सेवाहरु लिनु भएको थियो।  

६.Mott MacDonald:  भूकम्प पछिको पुनःर्निमाणको लागि धादिङ्ग जिल्लामा Mott MacDonald/UK AID (2018-2020)  को सहयोगमा पूर्णिमा परियोजना कार्यान्वयन गरिएको थियो । यो परियोजना मार्फत १५० निर्माणसंग सम्बन्धित उद्यमीहरुलाई व्यवसायिक साक्षरता तालिम दिईएको थियो भने ६३ जना उद्यमीहरुलाई कर्जा समेत उपलब्ध गराइएको थियो ।     

७.Nepal Rastra Bank (NRB, Project-Executing Agency” and KfW, Germany:

८.The Human Rights Center of the University of Padova, Italy:The Human Rights Center of the University of Padova, Italy को बैज्ञानिक अनुसन्धान तथा शैक्षिक कार्यक्रमः साझेदारी अन्तर्गत उक्त विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले यस विकास बैंकको लघुवित्त कार्यक्रम तथा समाजमा पारेको प्रभावको स्थलगत अध्ययन गर्नेछन् । यसले सैद्धान्तिक र व्यवहारिक अनुभवहरु आदानप्रदान गर्न सहयोग गर्नेछ ।  

९. AVSAR Foundation (AF) (2020): “AVSAR Microfinance (Interest Return) Program”अन्तर्गत बैंकसंगको सहकार्यमा अवशर फाउण्डेशनले तोकेको शर्तहरु पुरा गर्ने ग्राहकहरुलाई लघुवित्त कर्जाको ब्याज फिर्ता दिने गर्दछ ।   

१०.International Development Enterprise Nepal (iDE Nepal): CSISA Nepal COVID-19 Response and Resilience Activity (2020-2021) यो कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश तथा सुदुर पश्चिम प्रदेशका तोकिएका जिल्लाहरुमा कोभिडबाट प्रभावित भएका परिवारहरुलाई वित्तीय सेवा प्रदान गरिन्छ । विशेष गरी बैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई स्वदेशमै कृषि उद्यम गर्न उत्प्रेरित गर्ने यो कार्यक्रमको लक्ष्य रहेको छ । 

११.HEDERA (2020-2021): HEDERA Sustainable Solutions GmbH संस्थासंगको सहकार्यमा उर्जामा पहूँच, पानी तथा स्वास्थ्यको अवस्था र खाद्य सुरक्षा सम्बन्धी अनुसन्धानको लागि प्रश्नावलीहरु भर्ने तथा अध्ययनमा सघाउने कार्य गरिएको थियो ।