Saturday April 27, 2024
वि.सं २०८१ बैशाख १५ शनिवार
Global Alliance for Banking on Values European Microfinance Award
En

कर्जा सेवाहरु: 
आय आर्जन बृद्धिको लागि  लघु व्यापार व्यवसाय सञ्चालन गरिरहेका (पुराना) वा गर्न चाहने (नयाँ) उद्यमशील र जागरुक ब्यक्तिहरुलाई आवश्यक पूँजी थप गर्न विभिन्न कर्जा सेवाहरुको व्यवस्था रहेको छ । नेपाल राष्ट्र बैंक निर्देशन बमोजिमका बिना धितो र धितो कर्जाहरु प्रदान गरिन्छ । कर्जा प्रवाह गर्दा वित्तीय पहूँच न्यून भएका क्षेत्र, न्यून आय भएका वर्ग र उद्यमशीलता विकासमा टेवा पु¥याउने क्षेत्रहरु जस्तैः कृषि, साना तथा घरेलु उद्योग र व्यवसायहरु, आयात प्रतिस्थापन गर्ने र निर्यातजन्य वस्तुहरु उत्पादन, विक्रि र बजारीकरण सम्बन्धी प्रयोजनहरुलाई प्राथमिकता दिईएको छ । मुख्य गरी कर्जा लगानी गर्दा विना धितो तथा धितो कर्जा गरी २ वर्गमा विभाजन गरिएको छ ।

१. विना धितो कर्जा : 
चल वा अचल सम्पत्ति धितोको रुपमा दिन नसक्ने व्यक्ति वा परिवारलाई विनाधितो कर्जा प्रदान गरिन्छ । यस प्रकारको कर्जा प्रदान गर्दा समूह पद्धतिलाई प्राथमिकता दिइन्छ । तर, समूहमा आवद्ध हुन नचाहने वा समूहमा आवद्ध हुन नसक्ने व्यक्ति वा परिवारका सदस्यलाई व्यक्तिगत रुपमा पनि विना धितो कर्जा प्रवाह गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकले तोकेको अधिकतम कर्जा सीमा सम्म मात्र विना धितो कर्जा प्रदान गर्न गरिन्छ । हाल बैंकले निम्म कर्जाहरु विना धितो उपलब्ध गराउँदै आएको छ । 
क) साधारण कर्जा (General Loan)
ख) विशिष्ट सदस्य कर्जा (Goodwill Member Loan)
ग) उर्जा कर्जा (Energy Loan)
घ) आकस्मिक कर्जा (Emergency Loan)
ङ) उन्नत कृषि कर्जा (Improving Agriculture Loan)
कर्जा सम्बन्धी सेवा, शर्त र सुविधाहरु बैंकले तोके बमोजिम हुनेछ ।

२. धितो कर्जा:   
ग्राहकको प्रकृति र आवश्यकता बमोजिम निम्न उल्लेखित धितो कर्जाहरुको उपलब्धता रहेको छ । ऋणी स्वयं वा ऋणीको एकाघर परिवारको नाममा रहेको कानूनी रुपमा उपयुक्त चल÷अचल सम्पत्ति धितो लिई कर्जा लगानी गर्न सकिने छ । सामान्यतया धितोको रुपमा बाटोले छोएको घडेरी योग्य जग्गा, पक्की घर, सवारी साधन, मेसीन आदि स्वीकार गर्न सकिनेछ । 
क) लघुउद्यम कर्जा (Micro-enterprise Loan)
ख) घरघडेरी कर्जा (Homestead Loan) 
ग) बैदेशिक रोजगार कर्जा (Foreign Employment Loan)
घ) साना आवास कर्जा (Small Housing Loan)
ङ) साना उद्यम कर्जा (Small Enterprise Loan)
च. मुद्दती रसिद धितो कर्जा ( Loan Against Fixed Deposit)
छ. दुई पाङ्ग्ग्रे सवारी साधन धितो कर्जा  ( Loan Against Two wheeler Vehicle )
ज. तीन पाङ्गग्रे सवारी साधन धितो कर्जा (Loan Against Three wheeler Auto Loan  )

कर्जामा व्याजदर र सेवा शुल्कहरु: 

क्र.सं.

कर्जा शिर्षकहरु

कर्जा सीमा 
(रु.)

कर्जा अवधि

व्याजदर 
(आधारदरमा थप)

प्रशासनिक शुल्क

१.

विना धितो कर्जाहरु

१.१

साधारण कर्जा

७,००,०००/-

५ वर्ष

५.५०%

१%

१.२

विशिष्ट सदस्य कर्जा

७,००,०००/-

५ वर्ष

५.५०%

१%

१.३

उर्जा कर्जा

३,००,०००/-

३ वर्ष

५.५०%

१%

१.४

आकस्मिक कर्जा

२०,०००/-

१ वर्ष

५.५०%

१%

१.५

उन्नत कृषि कर्जा

२,००,०००

१ वर्ष

५.५०%

०.५%

२.

धितो कर्जाहरु

२.१

बैदेशिक रोजगार कर्जा

१,५०,०००/-

३ वर्ष

५.५०%

१%

२.२

साना आवास कर्जा

२०,००,०००/-

१० वर्ष

५.५०%

१%

२.३

साना उद्यम कर्जा

२०,००,०००/-

१० वर्ष

५.५०%

१%

२.४

साना व्यक्तिगत कर्जा

२०,००,०००/-

१० वर्ष

५.५०%

१%

२.५

दुई पाङ्गग्रे सवारी साधन कर्जा

२,००,०००/-

५ वर्ष

५.५०%

१%

२.६

तीन पाङ्गग्रे सवारी साधन कर्जा

५,००,०००/-

५ वर्ष

५.५०%

१%

२.७

मुद्दती रसिद कर्जा

९०%

मुद्दती अवधि

मुद्दती व्याजदर+२%