Sunday September 24, 2023
वि.सं २०८० असोज ०७ आईतबार
Global Alliance for Banking on Values European Microfinance Award
En

मुक्तिनाथ विकास बैंकले “जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्दछ” भन्ने मूल मर्मलाई आत्मसाथ गरी देश भरी नै पूर्ण वित्तीय सेवा प्रदान गर्दै आई रहेको छ । सोही अनुरुप ग्रामीण अर्थतन्त्रको दिगो विकासको लागि समावेशी वित्तीय सेवामा जोड दिएको छ । 

ग्रामीण क्षेत्रलाई आफ्नो संभावित कार्य स्थलको रुपमा पहिचान गरेको नेपालको यो पहिलो बैंक हो । वित्तीय पहूँच नपुगेको तथा न्यून रहेको क्षेत्रमा वित्तीय समावेशीकरण बृद्धि गर्न यस विकास बैंकले छुट्टै समावेशी विभाग खडा गरेको छ । यस विभागले अनौपचारिक क्षेत्रबाट वित्तीय आवश्यकता पुरा गरी रहेका नागरिकहरुलाई पहिचान गरी औपचारिक वित्तीय सेवा प्रदान गर्ने गर्दछ । हालको समावेशी बैंकिङ्ग, लघुवित्त विभागबाट स्तरोन्नती हुँदै, साना तथा लघु बैंकिङ्ग विभागको परिस्कृत रुप हो । यस विभागमा मात्रै ५०० भन्दा बढी कर्मचारीहरु कार्यरत छन् भने लगानीमा रही रहेको कर्जा कुल कर्जाको ३६ प्रतिशतभन्दा बढी रहेको छ । प्रति ग्राहक रु. १,०००/– समेत लगानी गर्ने यस विभागले रु. ५० लाख सम्म कर्जा लगानी गर्ने गर्दछ ।  

आफ्नो ग्राहक, समाज र लक्षित बजारको आवश्यकतालाई मध्यनजर गरी वित्तीय सेवाहरुमा नवीनता विकास गर्ने कोशिस गरेको छ । सेवाहरुलाई सहज र सरल रुपमा ग्राहक समक्ष पुर्याउन शाखा सञ्जाल विस्तार, विद्युतीय उपकरण र साझेदारहरुको उपयोग लगायत विभिन्न माध्यमहरुको उपयोग गरेको छ । 
समावेशी बैंकिङ्ग अन्तर्गत निम्न पाँच प्रकारका सेवाहरु प्रदान गरिन्छ ।