Friday March 29, 2024
वि.सं २०८० चैत १६ शुक्रबार
Global Alliance for Banking on Values European Microfinance Award
En

मुक्तिनाथ विकास बैंक, एक अभिभावक तथा असल बित्तिय सहयात्री

Palpa / Lumbini Pradesh / पाल्पा जिल्ला ,पुर्वखोला गा.पा. वडा नं.–०२
Tahun Small and Micro Banking Desk
412021-01-10

पाल्पा जिल्ला पुर्वखोला गा.पा. वडा नं.–०२ साविक जल्पा गा.वि.स.वडा नं–०३, जल्पामा मध्यम बर्गिय परिवारमा बुवा श्री पितम रखाल र आमा श्री अनिसरा रखालको कोखबाट वि.स.२०४० साल जेष्ठ १५ गते जन्मनुु भएकी श्री चन्द्रकला सारु वि.स.२०५५ साल बैशाख ७ गते पाल्पा जिल्ला पुर्वखोला गा.पा. वडा नं.–०२ साविक जल्पा गा.वि.स.वडा नं–०३, जल्पा निवासि मध्यम बर्गिय परिवारका श्री नन्द बहादुर सारुसंग बैवाहिक¬ जिवनमा बाधिनु भयो । गाँउमा नै जन्म लिनु भएको र गाँउमा नै बिवाह भएकोले उहाँको जिवन पनि गाँउले वातावरणमा सामान्य रुपमा बित्दै गयो । बिवाह पश्चात उँहाको धेरै जसो समय घरायसी काम तथा खेत, बारी र मेलापातमा धाउदै बित्न थाले । उँहाको श्रीमानले त्यही गाँउको बिद्यालयमा निजि स्रोतमा अध्यापन गर्दै आउनुभएको थियो ।

कृषि तथा पशुपालनमा त्यति खेर आधुनिकिकरण नभएको साथै यातायात, सञ्चार तथा स्रोत साधन र उब्जाउ हुने प्रर्याप्त जग्गा जमिनको अभाव रहेकोले कृषि तथा पशुपालन पेशाबाट सोचे जस्तो आम्दानी गर्न कठिनाई भएको र निजको श्रीमानको निजि स्रोतको शिक्षण पेशाबाट पाउने तलबबाट  समेत घर खर्च टार्न धौ–धौ भईरहेको अवस्था थियो । समस्या थपिने काम तब भयो जब निजको श्रीमानले अध्यापन गर्नुहुने बिद्यालयमा नँया स्थायी कर्मचारीको नियुक्ती भएपछि निजको श्रीमानले जागिर गुमाउनु प¥यो र आर्थिक अवस्थामा झन समस्या थपिदै गयो । १ छोरा र १ छोरीको जन्म पश्चात परिवारिक जिम्मेवारी बढयो साथै आर्थिक रुपमा चुनौतीहरु थपिदै गयो ।

हरेक किसिमको समस्या, परिस्थिति र चुनौतीहरुले हामिलाई एक किसिमको पाठ सिकाएको हुन्छ र समस्या र चुनौतिको सामाना गरेर मात्र समस्याको समाधान गर्न सकिन्छ भन्ने कुरालाई भित्रि मनबाट मनन गरि केहि नयाँ कार्यको थालनी गर्ने योजना बनाउनु भयो । उँहा आफु व्यक्तिगत, पारिवारिक, सामाजिक, व्यवसायिक र आर्थिक रुपमा सवल बन्ने र उज्वल भविष्यको सिर्जना गर्ने अठोटका साथ परिवारसंग सल्लाह गरि परिवारका साथ पुर्वखोला बिर्ताबजारमा बसाई सरी आउनु भयो र बजारको बिश्लेषण गरि आफ्नै थोरै लगानीमा कस्मेटिक पसल व्यवसायको सुरुवात गर्नुभयो । उँहाको श्रीमानले उँहालाई सोही व्यवसायमा सघाउनुहुन्थ्यो । व्यवसाय बृद्धि विस्तार गर्ने योजना भएता पनि लगानीको लागि आफुसंग पर्याप्त पँुजिको अभाव रहेको र त्यस समयमा बैंक तथा बित्तिय संस्थाको पहुच नभएको साथै ऋण तथा सापट लिनको लागि सहज रुपमा नपाउने र साहु तथा महाजनसँग ऋण लिँदा चर्को ब्याज तिर्नुपर्ने बाध्यता रहेकोले उँहालाई व्यवसाय सञ्चालन गर्न तथा बृद्धि विस्तार गर्न समस्या भईरहेको थियो ।

त्यसै बेला मुक्तिनाथ बिकास बैक उहाँहरुको घर आँगनमा पुग्यो र मुक्तिनाथ बिकास बैंक लि. शाखा कार्यालय ताँहु, पाल्पाद्धारा सञ्चालित लघुबित्त कार्यक्रम अन्र्तगत बि.स.२०७२ साल भदौ १६ गते पुर्वखोला बिर्ताबजारमा गठन भएको बिर्ताबजार व्यवसायिक मुक्तिनाथ महिला बिकास केन्दमा (केन्द्र नं.–०३५.०७२) समुह सदस्यता लिनुभयो । सदस्य श्री चन्द्रकला सारु यस मुक्तिनाथ विकास बैकको समुहमा एक उर्जाका साथ लाग्नु भएको थियो । बैकले उहाँलाई बिना धितो कर्जा लगानी गर्ने भएकोले उँहालाई निकै उत्साह तथा खुसि प्राप्त भएको थियो । यस बैंकको समुहमा आवद्ध भएपश्चात उहाँले पहिलो पटकमा रु.७५,०००।– कर्जा चलाउनु भएको थियो । उहाँले लिएको कर्जा रकम र आफुसँग भएको रकम गरी सोही व्यवसायमा लगानी गरी व्यवसायलाई बृद्धि बिस्तार गर्नुभयो । उँहाको कस्मेटिक पसल व्यवसाय पुर्वखोला बिर्ताबजारको मुख्य केन्द्रमा पर्ने भएकोले गा्रहकको पनि निकै भिडभाड हुने हुँदा व्यापारमा बृद्धि भई आम्दानीमा पनि बृद्धि हुंदै गयो । त्यस पश्चात निजले आंफै धागोको झोला बुन्ने तालिम लिई सोही ठाँउमा झोला बुन्ने र बिक्री बितरण गर्ने काम गर्नुभयो । साथै निजको छोरी पनि ब्युटी पार्लरको तालिम लिई सोही ठाउंमा व्युटी पार्लर सञ्चालन गर्नुभएको छ । 

सानो लगानी बाट सुरु गरेको व्यवसायलाई उहाँले लगानीमा बृद्धि गरी ठुलो व्यवसाय बनाई सञ्चालन गर्नुभएको छ । पहिलो पटकको कर्जा चुक्ता गरिसकेपछी पटक–पटक गरी हाल सम्म उँहाले रु.११,७५,०००।– को कर्जा कारोबार गरी सोही व्यवसायमा लगानी गरि पुर्णरुपमा सदुपयोग गर्नुभएको छ । उहाँको आम्दानीबाट घर खर्च, छोरा र छोरीको शिक्षा खर्च साथै भविष्यको लागि बचत गर्न समेत पुग्न थाल्यो र उहाँले जग्गा जमिन तथा सम्पति समेत जोड्न सफल हुनुभएको छ । हाल उँहाले कस्मेटिक पसल व्यवसाय प्रयोजनका लागी बिना धितो कर्जा अन्र्तगत साधारण कर्जा शिर्षकमा रु.५,००,०००।– लाख रुपैयाँ कर्जा उपभोग गर्नु भएको छ । 

मुक्तिनाथ विकास बैंकको व्यबसायिक महिला समुहमा आवद्ध भएपछि उँहाको दिनहरु विस्तारै फेरिदै गयो र उहाँ एक असल पत्नी, एक जिम्मेवार आमा सँगै एक सफल व्यवसायीको रुपमा स्थापित हुनुभएको छ र समाजमा वरपर उँहालाई उदाहरणको रुपमा लिने गरिन्छ । आज उँहाको मेहनत र परिश्रमको कारण उँहाको आफ्नै पहिचान छ र जिन्दगी सफल र सार्थक बनेको छ । उँहाले यस मुक्तिनाथ विकास बैंकलाई एक अभिभावक तथा असल बित्तिय सहयात्रिको रुपमा लिनुहुन्छ । उँहा भन्नुहुन्छ केहि गर्छु भनि सकरात्मक सोच र निश्चित उद्देश्यका साथ लागि पर्ने लगनशिल र मेहनतिको लागि मुक्तिनाथ विकास बैंक सदैव सेवाको लागि तत्पर छ र मुक्तिनाथ बैंक मुक्तिनाथ मन्दिर जस्तै स्वच्छ र पवित्र छ । “जित्ने लक्षण भएको व्यक्तिले सम्भावनाहरु देख्छन, हार्ने लक्षण भएका व्यक्तिले समस्याहरु देख्छन” भने भैm उँहाले आफुले देखेका सपना पुरा गर्ने र समस्या र चुनौतिहरुलाई जित्ने अठोट राखि सम्भावनाको खोजिमा कदम चाल्नु भयो र सहयात्रिको रुपमा मुक्तिनाथ बैंकलाई पाउनु भयो र आफ्नो सपना पुरा गरी सफल उद्यमीको रुपमा स्थापित हुन सफल हुनुभएको छ ।