मान्छे सफल हुन जो सुकैले पनि एउटा लक्ष्य तय गर्नुपर्छ र सो लक्ष्यमा अविचलित भई अविछिन्न रुपमा लागिरहनु पर्दछ जबसम्म आफुलाई आफ्नो लक्ष्य प्राप्त भएको महशुस हुँदैन र लक्ष्य प्राप्तिका लागि सकरात्मक सोच राखि निरन्तर आफ्नो कर्ममा खटिनुपर्दछ ।
बुवा कमान सिंह थापा र आमा कालि थापाको कोखबाट स्याङजा जिल्ला अर्जुनचौपारि गा.वि. स.वडा नं. १ मा २०३४ साल भाद्र ४ गते जन्म भएको थियो चिन माया गुरुङको । बुवा इन्डियन आर्मिको पेन्सनर हुनुहुन्थ्यो भने आमा घरमा नै होटल व्यवसाय गर्नुहुन्थ्यो । आँफु सानो हुदाँनै पिता गुमाउनुभएको उहाँ भन्नुहुन्छ बाबाको अनुहार कस्तो थियो भनेर सम्झने बेला नै भएको थिएन । सानो उमेर देखि नै साहसि तथा निडर स्वभावकि उहाँ राजनितिमा सानो उमेर देखिनै विषेश रुचि राख्ने र कहि कतै महिलालाई कसैले हेपेमा, होच्याएमा अगाडि बढेर महिलाको पक्षमा वकालत गर्ने गर्नुहुन्थ्यो । ५० सालमा १६ बर्षको कलिलो उमेरमा नै वैवाहिक जिवनमा बाँधिनुभएको उहाँको पढ्ने रुचिलाई पारिवारिक बन्धनमा बाँधिएपनि छोरा जन्मेपछि पनि स्कुल गएर एस.एल.सि.पास गर्नुभयो । त्यतिबेला श्रीमान पनि एस.एल.सि पास गरि नजिकैको विद्यालयमा पढाउने काम गर्नुहुन्थ्यो । पहिले देखि नै आफैले केहि गर्नुपर्छ र आफ्नो खुट्टामा नै उभिनुपर्छ भन्ने सोच थियो उहाँको । केहि समय पछि दोस्रो बच्चा छोरिको जन्म भयो, दिन प्रतिदिन छोरा ठुलो हुदै गएपछि बच्चाहरुलाई राम्रो शिक्षा दिक्षा दिनको लागि यहाँको कमाईले नपुग्ने ठानेर श्रीमानलाई विदेश पठाउनुभयो भने आफुले घरमा नै सामान्य चिया पसल तथा घरको करेसा बारिमा तरकारि खेति गरि जिविका चलाउनुभयो । त्यो संगै ५४ सालको चुनाव पछि राजनितीमा पनि सक्रिय रहँदै काम गर्नुभयो ।
वि.स २०५८ सालबाट उहाँले व्यावसाय परिवर्तन गरि फेन्सि तथा कस्मेटिक पसल सञ्चालन गर्नुभयो । उहाँ भन्नुहुन्छ “आज सम्म मैले मेरो लागि १ रुपैँया पनि श्रीमानको कमाईबाट खर्च गरेको छैन आफ्नो लागि आँफै मेहनेत गरि कमाई गरेकी छु । व्यवसायकै सिलसिलामा २०६४ सालतिर मुक्तिनाथ विकास बैंक जव हाम्रो गाँउतिर आयो तव मैले सोचेकि थिएँ अव धेरै गरिव इमान्दार महिलाहरुको लागि साहारा हुने भयो । त्यो समयमा महिलाहरुलाई कसैले पनि विश्वास नगर्ने, झनै व्यावसायमा लगानि गर्नको लागि भनेपछि त सुको ऋण पाईने थिएन भनि विगतको समाजमा महिलाहरुलाई गर्ने व्यवहार सम्झिनुहुन्छ ।” बैंकको समुहमा बसेपछि झनै व्यवसायलाई बढावा दिँदै जानुभयो भने पहिलो पटक मुक्तिनाथ विकास बैंकको समुहबाट रु १०,०००/– कर्जा लिएर व्यवसायमा लगानि गर्नुभयो । व्यवसाय पनि वृद्धि हुदै गयो भने त्यहि समुहमा जाने महिला दिदि बहिनीको अगाडि गएर बोल्ने गर्दै गर्दा उहाको बोल्ने बानिको विकास संगै नेतृत्व गर्ने क्षमतामा पनि विकास हुँदैगयो । त्यस पछि २०६६ सालमा दोस्रो पटक रु.२०,०००/– कर्जा लिएर व्यवसाय बृद्धि गर्दै जानुभयो । व्यवसायबाट पनि राम्रो प्रतिफल आउन थाल्यो । उहाँ भन्नुहुन्छ मुक्तिनाथ विकास बैंकको यो लघुवित्त कार्यक्रम इमान्दार, मेहनति र गरिब महिलाहरुको मुक्तिको बाटो भएको छ भने बेलाबेलामा व्यवसायिक तथा आत्म निर्भर बन्न दिईने सिप मुलक तालिमले आँफै केहि गर्छु भन्नेहरुका लागि सहज बाटो खोजिदिएको अनुभव गर्नुहुन्छ । तर कतिपय महिलाहरुले यो कार्यक्रमको मर्म नबुझि दुरुपयोग गदिदिँदा आँफुलाई पनि दुख लाग्ने बताउनुहुन्छ ।