Sunday December 22, 2024
वि.सं २०८१ पुष ०७ आइतबार
European Microfinance Award
En

Success Story

दीपाको संघर्षमय जीवनमा मुक्तिनाथले ल्याएको परिवर्तन

Syangja / Gandaki Pradesh / स्याङ्गजा जिल्ला बिरुवा अर्चले गा.प कार्कीडाँडा
Syangja Branch
472021-04-05

स्याङ्गजा जिल्ला बिरुवा अर्चले गा.प को कार्कीडाँडामा बि.सं २०२४ माघमा पिता सम्मर बहादुर के.सी.तथा माता अम्बिका के.सी. को ५ सन्तान मध्ये ठुली छोरीको रुपमा जन्म लिएकी दिपा पौडेलको जन्मघर आर्थिक रुपले सम्पन्न थियो । उनको पिता भारतिय सेनाबाट अवकाश प्राप्त, ठूलो दाजु शिक्षक र अर्को दाजु बैदेशिक रोजगारमा कार्यरत भएता पनि उनको परिवारमा आफ्नै खेतीपातीबाट पनिबर्षैभर खानपूग्ने हैसियत थियो । 

सोह्र बर्षको कलिलै उमेरमा २०४० साल फाल्गुणमा एक्ली बुहारीको रुपमा उनको मागी विवाह पुतलीबजार नगरपालिका, देबीथानमा शेर बहादुर पौडेलसंग भएको थियो । बैवाहिक जीवनको शुरुवात एक्लो बुहारीको रुपमा भएपनि सोचे जस्तो खुशी र सुख भने पाउन सकिनन् । आफूले जीवनमा जे जस्तो दुःख कष्ट भोगे पनि छोराछोरीलाई दुःख नहोस् भनेर उनीहरुको पढाईको बारेमा सोचेर मेलापात गरी कमाएको रु.२,५००।– ले थारो भैंसी किन्ने र त्यसलाई राम्रोसंग पालेर फाईदा गरी बेच्ने योजना बनाईन् । सोही अनुसार उनले थारो भैसी किनिन् र त्यसलाई पालेर रु.६,५००।–मा बेचिन् । उनले भैसी बेचेको पैसा तथा बाँकी रकम दुध बेचेर तिर्ने शर्तमा रु. १०,५००।–मादुहुनो भैसी किनिन् । उनले दैनिक रुपमा दुध बेच्न शुरु  गरिन् । यसबाट उनको परिवारमा केही राहत महशुस भयो । 

पहिलेको रोयल सहकारी अहिलेको मुक्तिनाथ बिकास बैंक लि. बाट २०६० सालको फाल्गुन÷चैत्र तिर कर्मचारी मार्फत गाँउमै बिनाधितो ऋण लिन र बचत गर्न पाईने तर त्यसको लागि समूह बनाउनु पर्ने जानकारी पाईन् । गाउँकै नजिकको दिदीबहिनी सँग मिली समूह बनाउन पहल गरेपछि ७ दिनको तालीम लिई केन्द्र गठन गरे । केन्द्र सञ्चालनमा आएपछि समूहमा बसी पहिलो कर्जा रु. ५,०००/– लिई त्यसमा दुध बेचेर वचाएको रकम थप गरि पुनःअर्को भैसी किनेर दुईवटा भैसीको दुध बेच्न थालीन् । यसबाट उनलाई बैंकको किस्ता तिर्न कुनै अप्ठ्यारो भएन । किस्तालाई सहज रुपबाट अगाडी बढाउँदै समूहबाट दोश्रो कर्जा रु.१०,०००/– लिई सुन्तलाको सिजनमा सुन्तला ठेक्का लिई पोखरा सम्म पुर्याई बेच्न थालिन् । यसरी कमाएको पैसाले सानो पाखो किनेर घाँसको ब्यवस्थालाई सहज बनाउँदै लगिन् र गोठमा तेश्रो भैंसी थपिन् । घरमा छोरीले बजारमा दुधबिक्रि गर्ने ब्यवस्था मिलाईन भने आफूले भैसीको स्याहार संहार गर्न मेहनत पनि गर्दै गईन । काम गर्ने सिलसिलामा “मलाई साहुले रु.५,०००।–नपत्याउँदा बैंकले, समूहले सिफारिस गरेको आधारमा पत्याईदियो र मैले मेहनेत गरि कारोवार बढाउँदै गएँ ।” गाउँमा खोजे तिन रुपैया ब्याज भन्दा कम नपर्ने ऋण दिए बापत साहुकोमा काम गर्न पनि गइ दिनुपर्ने, साहुकोमा किस्ता किस्तामा तिर्न नपाइने सधै साहुको अगाडी झुकेर हिँडनु पर्ने,यस्ता दासी जस्तो भएर ऋण काड्नू भन्दा कसैसँग झूक्न पनि नपर्ने, समूहमा ईमान्दार भए सबैको बिश्वासिलो भईने, आफ्नो पाखूरो बजारेर र दिदीबहिनीको अगाडी विश्वास र इमान्दारिताको साथ अगाडी बढे यसरी नै अगाडी बढ्दै जाँदायो ८, ९ बर्षको अवधिमा मैले बैंकबाट साधारण र बिशिष्ट कर्जा गरी रु.४,००,०००/–को हाराहारीमा कर्जा चलाई सकेको दिपा सुनाउछिन् । अहिले दुध बेचेर  मासिक रु. १८,०००।–भन्दा बढि कमाउने गरेको छु । साथै यसै अवधिमा बचतमा मौज्दात रु. २५,०००/- भन्दा बढि रहेको, यहि समूहमा बसी ऋण काढी कमाएको पैसाले गाउँमा नै २ रोपनी जग्गा रु.२ लाखमा किनेको, छोरालाई ओभरसियर पढाईरहेको र छोरीले एस. एल. सी. को परिक्षा दिएर बसेको र ठूली छोरीको बिबाह गरिसकेको कुरा सहजरुपमाब डो गर्बका साथ उहाँ सुनाउनुहुन्छ । अझ कृषिलाई ब्यवसायिक तरिकाले अगाडी बढाई यसैमा निर्भर हुन र परिवारलाई सुख होस् भन्ने हेतुले २ हलको पाखोमा १४० बोटबाट वर्षमा ५० हजार सम्म कमाई हुन्छ । 

निजले हाल घरमा भैसी पालनको साथ साथै १० वटा बाख्रापालन गर्नुभएको छ । पहिलेको भन्दा कृषि पेशामा अझै उल्लेखनीय आम्दानी भएको समेत उल्लेख गर्नु भयो । हाल कच्ची घर बाट पक्की घर समेत बनाउन सफल भएको बताउनुभयो । 

शाखा कार्यालय, स्याङ्गजा