Saturday November 23, 2024
वि.सं २०८१ मंसिर ०८ शनिबार
European Microfinance Award
En

लघुवित्तले धनकुमारीलाई साहसी बनी बाच्न

Syangja / Gandaki Pradesh / स्याङजा, आरुखर्क–७
Phedikhola Small and Micro Banking Desk
372021-01-08

जिन्दगी एउटा विचित्रको कथा रहेछ । हरेक मानिस एउटा आनन्दको साथ जीवन यापन गर्ने एउटा रंगीन सपनामा रहन्छ तर उसको वास्तविकताकोे चक्र उसले सोचे भन्दा फरक हुन्छ । अनि रहन्छ उसको एउटा उतार चढावको जिन्दगीको एउटा यात्रा नचाहँदा नचाहँदै पनि व्यक्ति यात्रामा एउटा बटुवा सरी मानिस निरन्तर रुपमा यात्रा गर्न बाध्य हुन्छ । कसलाई नहोला एउटा आन्नदको साथ जिन्दगी विताउने रहर तर परिस्थिती अनि समयको चक्रले मानिसलाई कता लैजान्छ खै कता । नामले धन भए पनि धनको अभावै अभावमा संर्षष गरेकी धन कुमारी शर्माको कथा हो यो ।

बाबा आमाको माईली छोरीको रुपमा स्याङजाको आरुखर्क–७ मा मिति २०२७।०१।०५   जन्मिएकी हुन धनकुमारी । उनको परिवारमा १ दाई १ भाई २ दिदिबहिनी र बुवा आमा गरी ६ जनाको परिवार थियो । परिवारमा बुवा आमा चाहिँ कृषि नै गर्नु हन्थ्यो ।जेनतेन गुजाराको जिन्दगी चलिरहेको थियो । ६ जनाको परिवारको लालनपालन गर्न छोराछोरी पढाउन हम्मे हम्मे परिरहेको थियो । नाजुक आर्थिक अवस्थाको कारणले धन कुमारीको १४ बर्षको कलिलो उमेरमा कास्की जिल्ला पुम्दी भूम्दी गा.वि.स.वडा न.४ स्थित कुल प्रसाद शर्मासँग विवाह भयो । श्रीमान् गाँउको सामान्य कृषक, खेतीपातीमा नै दिन विताउनु पर्ने तर आम्दानी भने थोरै जसले गर्दा समस्या पर्ने, यस्तै–यस्तै आर्थिक समस्याले गर्दा धन कुमारीको सल्लाह अनुसार साहुसंग ऋण काढी पैसा कमाएर सुखको साथ दिन विताउने सपना बोकी श्रीमान्लाई भारत नोकरी गर्न पठाईन् । विधाताको बिडम्बना भनौ या समयको खेल भनौ, श्रीमान्ले भारतबाट पैसा कमाएर ल्याई सुखका दिन बिताउने धनकुमारीको  सपना  आखीर सपनामै सिमीत रहन पुग्यो । जेनतेन चलेको जिन्दगी झन्झन् कष्टकर बन्न पुग्यो । भारत गएका श्रीमान् एक वर्षमा नै मानसिक रोग बोकेर घर फर्कनु पर्यो । घर फर्कदा श्रीमान्को साथमा एक पैसा पनि थिएन । मेलापात गरेर बचाएको पैसाले श्रीमान्लाई औषधी उपचार गर्ने प्रयास गरिन् । डाक्टरले उनको श्रीमान्लाई मानसिक रोगी भएको घोषणा गरे । उपचारको क्रम जारी नै रह्यो । विवाह अघि कल्पना गरेको संसार अनि देखेको सपना र विवाह पछि भोगेको वास्तविक जिन्दगी बीच आकास र जमिनको फरक पाईन् उनले । 

आफूलाई कसैले ऋण दिए सानोतिनो व्यापार व्यावसाय गर्ने तीब्र ईच्छा थियो । तर ऋण कहाँबाट पाउने? निर्विकल्प आफ्नो जिविकोपार्जनको लागि मेलापात नै एकमात्र उपाय थियो उनमा । आम्दानी बढाउने विभिन्न विकल्पको खोजिमा थिईन् उनी । त्यस बेला नजिकको घरमा धेरै महिला दिदी–बहिनीहरु जम्मा भएको देखिन्, अनि के रहेछ ? किन भेला भएका रहेछन्? भन्ने जान्न मन लाग्यो र उनी त्यतातिर लागिन् । त्यहाँ गएपछि उनलाई थाहा भयो कि यो त मुक्तिनाथ विकास बैंकको बचत तथा विना धितो सामुहिक जमानीमा ऋण उपलब्ध गराउने कार्यक्रम पो रहेछ । उनीपनि मुक्तिनाथ विकास बैंकको बचत तथा विना धितो सामुहिक जमानीमा ऋण उपलब्ध गराउने कार्यक्रममा सहभागी हुने अठोट गरिन् । 
उद्यमी बन्न खोज्दा साहुले रु. १,०००/– नपत्याउँदा लघुवित्त समुहले सिफारिस गरेको आधारमा विना धितोे कर्जा लिई मेहनत गरी कारोवार बढाउदै लैजान उनी उत्साहित छिन् । गाँउमा कर्जा खोज्दा मासिक तीन रुपैंया व्याजदर भन्दा कम नपर्ने, ऋण लिए वापत साहुकोमा काम गर्न गई दिनु पर्ने जस्ता समस्याहरु मुक्तिनाथ विकास बैङकले समाधान गरि दिएको उनी बताउँछिन् । पहिलेकोे समयमा रु. १,०००/–रुपैया कर्जा लिंदा कसरी किस्ता तिर्ने होला भनेर डराउने धन कुमारीको परिपक्कवताले आत्मबल र साहस  क्रमशः वृद्धि हुदै गई रहेको छ । अहिलेको समयमा सानो उद्यम र लघुकर्जाको सहायताले भविष्यको लागि आफ्नो घर नभएकोमा सानो झुपडी भएपनि आफ्नो घर बनाउन सकेको, मासिक बचत रु. १५०/– का दरले हाल जम्मा बचत रु २३,४२७/– बाकी कर्जा रु. ३,३७२/– रहेको छ । अब उनलाई के खाउँ के लाउँ भन्ने समस्या छैन । बाँकी  कर्जा चुक्ता भएपछि तेह्रौ कर्जा रु. ५०,००/– लिई नजिकैको खाली घर भाडामा लिई १०० वटा बो्रईलर कुखरा पाल्ने योजना छ । भविष्यको लागी रु. ५०/– को दरले पेन्सन बचत राखेकी छिन् । २ छोरीलाई व्याचलर सम्म पढाई विवाह समेत गराई सक्नु भएको छ र १ सानी छोरी र १ छोरालाई फेदीखोला वजारमा १२ कक्षामा पढाउदै गरेको र विवाहित छोरीहरुले आर्थिक रुपमा सायता दिन थालेकोले छोरा छोरी जेनतेन पढनउन सकेको हँुदा गर्वको अनुभूति गर्दछिन् ।
भनिन्छ, नेपाल एक पुरुष प्रधान देश हो जहाँ पतिको बेदनालाई पत्नीले देखाएको साहसको यर्थाथ चित्रण गरिएको छ ।“हिम्मत नहारेर ईमान्दार र मेहनताका साथ केही उद्यम गर्ने हो भने ढिलो चाँडो अवश्य पनि सफलता हात पर्छ” भन्ने धन कुमारीको बुझाई छ ।