Friday March 29, 2024
वि.सं २०८० चैत १६ शुक्रबार
Global Alliance for Banking on Values European Microfinance Award
En

घनश्यामको सफलता

Kavrepalanchok / Bagmati Pradesh / रोशी गा .पा. वडा नं १२, काभ्रे जिल्ला
Banepa Small and Micro Banking Desk
152020-12-10

काभ्रे जिल्ला साविक भिमखोरी गा वि स वडा नं ८ हाल रोशी गा पा वडा नं १२ मा वि सं २०३८ शालमा जन्मीएका वर्ष ३९ का घनश्याम नेपालीको जिवनमा थुप्रै उतारचढाव आए बाबु बाजेले परम्पारागत रुपमा अँगालेको पेशा भन्दा केही फरक गर्न खज्ने उनी परिवारको दायित्व र सन्तानको शुखका निम्ती लामो समय विदेशमा पनि लेवरको रुपमा काम गरे तर लामो समय विदेश बसेका घनश्यामलाई  विदेशमा पनि रुखमा पैशा नफल्ने रहेछ भन्ने लाग्यो त्यसपछि ६ वर्षको लामो जोडर्न बसाई पछि उनी आफ्नै देश नेपाल फर्किए । ६ वर्षमा विदेशमा गरेको कामलाई उनले एउटा तालिमको रुपमा लिइ नेपालमै केहि गर्ने इच्छा जाग्यो उनी नेपाल फर्कने वित्तीकै विनाशकारी भुकम्पले उनलाई घर विहिन बनायो । अब उनले जिवनमा ठुलो निर्णय गरे बसाई सराईको उनले दुर्गम गाउँ भिमखोरी छोडी काभ्रेको पनौती वडा नं ४ मा एउटा पुरानो भुकम्पले जिर्ण बनाएको घर जसोतसो किने र सोहि स्थानमा परिवारको संरक्षण गर्न थाले । 
 
बास त भयो तर गाँस को चिन्ता अब परिवार कसरी पाल्ने भन्ने सोचले साथिभाई सँग केहि रकम सरसापट गरेर एउटा टेलर व्यावसाय सुरु गरे । आफ्नै घरमा केहि मेसीन र केहि कपडाको जोरजम्मा गरि सुर गरेको व्यावसाय विस्तारै चलाउदै जादा आफुले विदेश बस्दा गरेको काम गर्ने इच्छा लाग्यो र उनि त्यसको लागि सम्भावित अवसरहरु खोज्न थाले । सवै कुरा उनले सोचेजस्तै भयो तर समस्या लगानी रकमको सोहि समयमा उनको दैलोमा मुक्तिनाथ विकास बैंक पुग्छ । सुरुमा त उनलाई विश्वास गर्न नै नसकेको जस्तो भएछ कि बैंकले पनि विना धितो कर्जा लगानी गर्छ भन्ने त्यसपछि बैंकका कर्मचारीले मुक्तिनाथ विकास बैंकको बारेमा सबै कुरा भने अनि मुक्तिनाथ बैंकको  जनता बैंकमा हैन बैंक जनतामा जानुपर्दछ भन्ने मुल मन्त्र सुने र बुझे बल्ल उनी विश्वस्त भए आजसम्म उनलै कुनै बैंक सँग आर्थिक कारोबार नगरेका त्यसमाथी मुक्तिनाथ बैंक उनको घरदैलोमा नै सेवा दिन पुगेकोमा त्यतीखेर उनलाई अचम्म लागेको कुरा सुनाउछन । 
 
​उनले सुरुमा बैंकलाई आफ्नो योजना सुनाउछन । बैंकलाई पनि उनको योजना चित्त बुझ्छ र बैंकले रु ३,००,०००।– विना धितो कर्जा लगानी गर्छ ।बैंकले गरेको लगानीले उनले ३–४ वटा सिलाई तथा कटिङ मेसिन खरिद गरि ३–४ जना कामगर्ने कामदार राखि गार्मेण्टको रुप दिई व्यावसाय सुरु गरे ।विस्तारै व्यावसायमा तल्लिन भएका घनश्यामसो व्यावसायलाइै बढाउदै समय तथा मौसम अनुसार जिन्स को कपडाको पाइन्ट तथा ज्याकेट तयार गरि विक्रि वितरण गर्न थाले  यसरी व्यावसाय चलाउदै गएका घनश्यामको मार्केट बाट माग बढ्दै जान्छ । माग बमोजिमको आपुर्ति सहज गर्न उनलाई फेरी पनि लगानीको नै आवश्यक्ता पर्दछ । त्यसपछि उनले व्यावसाय विस्तार गर्ने सोच राखि मुक्तिनाथ विकास बैंकको बनेपा शाखामा पुग्छन् । किनकी उनले सहि सल्लाह र काम प्रती उत्प्रेरणा दिने नजिकको साथि केवल मुक्तिनाथ विकास बैंक मात्र देखे। बैंकमा उनले फेरी आफ्नो योजना पेश गरे र उनले बैंकमा गरेको नियमित कारोबारले उनलाई बैंकले पनि सहजै विश्वास गर्यो र पुनः १०,००,०००।– गार्मेण्ट ब्यावसाय विस्तार गर्ने उध्यश्यको लागि लगानी गर्यो ।  हाल उनले बैंकले गरेको कर्जाको सहि सदुपयोग गरि घनश्याम टेलर्सको नाममा व्यावसाय विस्तार गरी हाल १७ जनालाई रोजगारी दिई एउटा सफल व्यावसायी को रुपमा अगाडी बढाई हाल सामान ढुवानी गर्न आफ्नै कार्गो भ्यान , गार्मेण्ट संचालन गर्न आधुनिक टहरा तथा १५ वटा सिलाई तथा कटिङ मेसीन राखि धेरै परिवारलाई आफ्नो व्यावसायमा आश्रीत बनाउन सफल भएका घनश्याम ले मासिक दश लाख भन्दा बढी कारोबार गरि १ लाख भन्दा बढी नाफा आर्जन गर्दै आएका छन् ।  त्यसैले उनी अहिले निकै खुसि देखिनुका साथै मुक्तिनाथ विकास बैंकको विशेषता र विश्वसनियता अरुलाई पनि सुनाउन थालेका छन् र भन्छन् “अरु त कस्तो कस्तो बैंक भनेको मुक्तिनाथ जस्तो ”