Thursday April 18, 2024
वि.सं २०८१ बैशाख ०६ बिहिबार
Global Alliance for Banking on Values European Microfinance Award
En

Success Story

ज्ञानु भण्डारीको सफलता

Kaski / Gandaki Pradesh / माछापुच्छ्रे गा पा वडानं ०७, कास्की जिल्ला
Hemja Small and Micro Banking Desk
272020-12-10

गण्डकी अञ्चल कास्की जिल्ला साविक धम्पुस गा वि स वडा नं १ हाल माछापुच्छ्रे गा पा वडानं ०७ मा बसोबास गर्दै आउनुभएकी एक साहसी तथा अनुभबी महिला जसको नाम ज्ञानु भण्डारी । उहाँ वि सं २०३८ सालमा जन्मीएकी वर्ष ३९ की जसको जिवनमा थुप्रै उतारचढाव आए । ग्रामिण भेग भएको कारण बाबु बाजेले परम्पारागत रुपमा अँगालेको पुरुष भन्दा महिला अगाडी हुनुहुदैन भन्ने अनेकौँ शब्दहरु तथा समाजमा भोग्नुपर्नै अनेकौँ पिडादायी क्षणहरु आज पनी सम्भmनामा कहिँकतै छरपष्ट रहेका छन् । उहाले कृर्षी पेशाभन्दा केही फरक गर्न खोज्ने उनी परिवारको दायित्व र सन्तानको सुखका निम्ती लामो समय श्रीमानलाई बैदेशिक रोजगारमा पनि  पठाउनु त  भयो तर लामो समय विदेश बसे पनी श्रीमानको राम्रो कमाई नभएपछी ज्ञानु भण्डारीलाई  विदेशमा पनि रुखमा पैशा नफल्ने रहेछनछ भन्ने लाग्यो । त्यसपछि उहाले निधो गर्नुभयो अब यही ठाउमा नै केही गर्नुपर्छ त्यसपछी उहाले कुनै सिप तथा तालीम नभएतापनी केही त गरेपछी मात्र अनुभब लिन सकिन्छ भनेर नै कुखरा पाल्ने निधो गर्नुभयो ।

सुरुवातमा केही अनुभब तथा तालीम नभएको कारण अन्य मानीसहरुसँग सल्लाह लिदैँ ब्यबसाय सञ्चालन गर्नुभयो तर संयोग उहाले सो ब्यबसायमा सोचेभन्दा बढी नाफा भयो र त्यसपछी उहालाई लाग्यो गरेपछी अनुभब बटुल्न सकिन्छ म सँग त सिप तथा तालीम केही छैन ब्यबसाय त गर्न सक्दिन भनेको भए आज सायद उहासँग यस्तो ब्यबसाय नै हुने थिएन । ५०० सय कुखुरा पाल्ने र अनुभब गरी सोचेजस्तो भए ब्यबसाय थप गर्नै सोचले ब्यबसाय सञ्चालन गरेको र ब्यबसाय पनी राम्रो रह्यो र उहाले ब्यबसायलाई बिस्तारै थप गर्दैै जानुभयो उहालाई त्यो समयमा ब्यबसाय गर्नै इच्छा लाग्यो र उहाले त्यसको लागि सम्भावित अवसरहरु खोज्न थाल्नुभयो । सवै कुरा उहाले सोचेजस्तै भयो तर समस्या भने केही लगानी रकमको आबश्यकता पर्नै थियो सोहि समयमा उनको मुक्तिनाथ विकास बैंकको कर्मचारी सँग भेट भयो र उहालाई कर्मचारीले ब्यबसायीक तथा समुहमा पनी कर्जा रकम पाईन्छ भन्ने जानकारी दिनुभयो ।

आज सम्म  उहाले कुनै बैंकसँग आर्थिक कारोबार नगरेको त्यसमाथी  मुक्तिनाथ बैंक उनको घरदैलोमा नै सेवा  दिन पुगेकोमा त्यतीखेर उहालाई अचम्म लागेको कुरा सुनाउनुहुन्छ । उहाले सुरुमा बैंकलाई आफ्नो योजना सुनाउनभयो र बैंकलाई पनि उहाको योजना चित्त बुझ्छ र बैंकले रु २,००,०००/– विनाधितो कर्जा लगानी गर्छ । बैंकले गरेको लगानीले उहाले कुखुराको खोर निर्माणमा थप लगानी गर्नुहुन्छ । व्यवसाय सञ्चालन गर्न तल्लिन भएकी ज्ञानु सो व्यवसायलाइै बढाउदै समय अनुसार ब्यबसाय बृद्दी गर्न थाल्नुभयो । ब्यबसाय राम्रो भएपछी उहाले कुखुरा खोरबाट पनी तयार गरि विक्रि वितरण गर्न थाल्नुभयो । यसरी व्यवसाय चलाउदै गएकी ज्ञानुको कुखुराको माग बढ्दै जान्छ । माग बमोजिमको आपुर्ति सहज गर्न उहालाई फेरी पनि लगानीको नै आवश्यक्ता पर्दछ । त्यसपछि उनले व्यवसाय विस्तार गर्ने सोच राखि  मुक्तिनाथ  विकास बैंकको हेम्जा शाखामा पुग्नुहुन्छ । किनकी उहाले सहि सल्लाह र काम प्रती उत्प्रेरणा दिने नजिकको साथि केवल मुक्तिनाथ विकास बैंक मात्र देख्नुभयो ।

बैंकमा उहाले फेरी आफ्नो योजना पेश गर्नुभयो र उहाले बैंकमा गरेको नियमित कारोबारले उहालाई बैंकले पनि सहजै विश्वास गर्यो र पुनः बिना धितो कर्जा मार्फत रुः ७,००,०००/– कुखुरापालन  ब्यवसाय  विस्तार गर्ने उदेश्यको लागि लगानी गर्यो हाल उहाले बैंकले गरेको कर्जाको सहि सदुपयोग गरि ज्ञानु कुखुरापालन ब्यबसाय दर्ता गरी व्यवसाय विस्तार गरी हाल ३००० कुखुरा पाल्दै सफल व्यवसायीको रुपमा अगाडी बढ्रदै हाल आफ्नो  व्यावसायमा  आश्रीत बनाउन सफल भएकी ज्ञानुले मासिक साठी हजार भन्दा बढी नाफा आर्जन गर्दै आउनुभएको छ । त्यसैले उहा अहिले निकै खुसि देखिनुका साथै मुक्तिनाथ विकास बैंकको विशेषता र विश्वसनियता अरुलाई पनि सुनाउन थाल्नुभएको छ ।