Saturday April 20, 2024
वि.सं २०८१ बैशाख ०८ शनिवार
Global Alliance for Banking on Values European Microfinance Award
En

Success Story

सफलताको हात, मुतिनाथ विकास बैंकको साथ

Nawalpur / Lumbini Pradesh / प्रतापपुर गा.पा , वडा नं ६
Gopigunj Small and Micro Banking Desk
202020-12-10

नवलपरासी जिल्ला गुठी प्रसौनी गावि स वडा नं ५ हाल प्रतापपुर गा.पा वडा नं ६ मा वि सं २०३८ सालमा जन्मीएकी इद्रावती यादवको जिवनमा थुप्रै उतार चढाव आए । छोरा छोरी सानै हुदा श्रीमान् बित्नु भयो ,बाबु बाजेले परम्परागत रुपमा अँगालेको कृषि पेशा भन्दा केही फरक गर्न खोज्ने उनी परिवारको दायित्व र सन्तानको सुखका निम्ती केरा उत्पादन गर्दै आइरहकोे कार्य लगनशील मेहनती र पौरखी कृषकको रुपमा चिनिने सफल कृषक हुन् इद्रावती यादव । उनको आर्थिक स्थितिको बारेमा जिज्ञासा राख्दा भन्दछीन् – “पहिले खान लाउन धेरै समस्या थियो, अहिले छोरीहरुलाई पढाई राखेको छु, एक छोरीलाई चितवन स्टाप नर्स पढन पनि पठाएको छु । सानातिना समस्याहरु टार्न सक्ने भएको छु ।  केरा खेतीबाट मैले राम्रो आम्दानी गरीरहेको छु । पुर्खौली सम्पत्तिका रुपमा गाउँमा करिब दुई बिगाहा जग्गा रहेतापनि सिंचाई, आधुनिक कृषि प्राविधिक ज्ञानको कमी लगायत अन्य विभिन्न समस्याहरुका कारण सिजनको धान उखु र गहुँ बाहेक अन्यबाली लगाउने चलन थिएन त्यस बाट हुने उत्पादनले खानालाई मात्र पुग्ने गर्दथ्यो । 

२०७३ सालमा मुक्तिनाथ विकास बैक गाउ गाउमा समुह बनाउदै समुह जमानतमा कर्जा लगानी गर्दै थियो । सोहि समयमा उनको घर दैलोमा मुक्तिनाथ विकास बैंक पुग्यो । सुरुमा त उनलाई विश्वास गर्न नै नसकेको जस्तो भएछ कि बैंकले पनि विनाधितो कर्जा लगानी गर्छ भन्ने त्यसपछि बैंकका कर्मचारीले मुक्तिनाथ विकास बैंकको बारेमा सबै कुरा भने अनि मुक्तिनाथ विकास बैंकको  “जनता बैंकमा होईन बैंक जनतामा जान पर्दछ ” भन्ने मुलमन्त्र अनुसार उनको घरदैलोमा नै सेवा दिन पुगेकोमा त्यतीखेर उनलाई अचम्म लागेको कुरा सुनाउछीन् । उनले  सुरुमा मुक्तिनाथ विकास बैकसँग बिना धितो रु.५०,००० ऋण लिएर केरा खेति गरेको । सरुमा ५०,००० रुपैया लिएर  ५ कट्ठामा सुरु गरेकी थिइन् । त्यस पछि व्यवसायलाई अझै विस्तार गर्ने योजना अनुरुप सोहि व्यवसाय विस्तार गर्न समय समयमा विना धितो कर्जा चलाउँदै आइन्, समय संगै एकाघर परीवारका सदस्यलाई स्वरोजगार समेत बनाएको व्यवसायीक केरा खेती लाई विस्तार गर्नको लागी  मैले मुक्तिनाथ बिकास बैंक शाखा कार्यालय गोपिगंज बाट रु दश लाख लधुउद्यम कर्जा लिएर २ बिगहामा केरा खेति गरीरहेकी छन् ।

उनी भन्छिन् “सानो लगानीबाट सुरु गरेको यस व्यवसायले सुरुमै ३० हजार सवै खर्च कटाएर नाफा आम्दानी भए पछि मेरो हौसला बढन थाल्यो र बिस्तारै बिस्तारै केरा खेतीको क्षेत्रफल वढाउँदै मैले बाह्रै महिना केरा खेती गर्न थाले  । अहिले त्यही केरा खेतीको आम्दानीले विदेशियको एक छोरालाई समेत घरमै बसेर व्यवसाय गर्ने बनाएकी छु । केरा खेती अन्यव्यवसायको तुलनामाथोरै समय र आफ्नै प्रयास र लगानीमा धेरै फाइदा लिन सकिने  सबै गरेर केरा खेति बाट बाषिक आठ लाख कमाई हुन्छ । केरा उत्पादन गर्न सके फर्म सम्मै गाडी लिएर केरा लिन आउने व्यवसायी प्रशस्तै हुन्छन् । स्थानीय केरा व्यवसायी दैनिकजसो फर्ममै केरा लिनआउने गर्छन् । केरा उत्पादन गर्न सके  नारायणघाट ,काठमाडौ टाढा टाढा व्यवसायी केरा लिनलाई केरा खेतमै पुग्छन् त्यसैले केरा  विक्रिको लागी समस्या छैन । केरा खेति बाट छिटो आम्दानी लिन सकिन्छ  । केरा खेतीबाटै मेरो जीवन जिवन एकाएक फेरीयो ।”

कृषि व्यवसायबाट राम्रो आम्दानी हुने र अन्य व्यवसायको तुलनामा खर्च कम लाग्ने बताउँदै यसरी उत्पादन बिक्री गरि आर्जन गरेको पैसालाई घरायसी खर्च, वैदेशिक रोजगारको लागि छोरीलाई पढाइको लागी सहयोग र जग्गा किन्नको लागि खर्च गरी केही रकम बैंकमा पनि जम्मा गर्ने गरेका छन् । उनको यो मेहनेती स्वभाव र आर्थिक उन्नतिको प्रभाव नजिकका छिमेकीमा पनि पर्न थालेको छ । मेहनत नगरे कसरी आम्दानी हुन्छ भन्दै अरुलाई पनि केरा खेती गर्नको लागि सल्लाह दिन्छन्  अहिले प्रसौनी गाउने केरा खेतीको उत्पादन क्षेत्रको रुपमा बिस्तार हुदै गएको छ । उनी  हेर्दा सोझो र सरल देखिने भविष्यमा पनि यसैको क्षेत्र विस्तार गरी यसै व्यवसायलाई आफु र आफ्नो समूहका साथीभाईलाई पनि सँगसँगै अगाडी वढाउँदै लैजाने भावी योजना रहेको बताउँछन् । यसरी परिश्रम गरी आम्दानी गर्न चाहने यादव काम नगरी दाम खोज्नेहरुका लागि व्यङ्गय गर्ने एक उदाहरणीय कृषक बनेकी छन् । उनको मेहनत र परिश्रमलाई सबैले अनुसरण गरेमा पक्कै पनि कृषि क्षेत्रलाई अगाडी वढाई आफ्नो जीवनस्तर पनि अगाडि बढाउन सकिन्छ । उनीले प्रतापपुर गाउपालिका ०६ प्रसौनी स्थित अन्य साथीभाई तथा आफन्तहरुलाई पनि सोही किसिमको व्यवसाय गर्न हौसाला गरी व्यवसाय सञ्चालन गर्न लागाई केरा खेतिगर्न सिकाइ कृषि उद्यमी बनाएका छिन् ।  यही केरा खेतीले उनलाई आफ्नो परिवारको पालनपोषण, शिक्षाको साथै परीवारका सबै  स्वः रोजगार भएका छन् ।