Sunday December 22, 2024
वि.सं २०८१ पुष ०७ आइतबार
European Microfinance Award
En

Success Story

उद्यमी कुमारीको उन्नतीको कथा

Tanahun / Gandaki Pradesh / तनहुँ जिल्ला काँउशिवपुर गा.प.–२ भोरादी
Dumre Branch
492021-04-05

तनहुँ जिल्ला काँउशिवपुर गा.प.–२ भोरादीमा वि.स. २०३५ सालमा पिता विर बहादुर मस्राङ्गी माता नरीमाया मस्राङ्गीको कोखबाट चार छोरी मध्येकी साईली छोरीको रुपमा जन्म लिएकी थिईन् कुमारी गरौजा । ४ छोरा र ४ छोरी गरी १० जनाको ठुलो परिवार तर कमाई गर्ने कोही नहुँदा गरीबीले सताएको थियो उनको परिवारमा । चार भाईबैनीहरुको स्याहार–सुसार र भैँसी बाख्रातथा खेतीको काम गर्दागर्दै पढाइलाई कक्षा–३ बाट माथि लैजान सकिनन् । दुई दिदीहरुको सानै उमेरमा विहे भएको र त्यस बेला छोरालाई स्कूल पठाउने र सबै घर गोठ छोरीले हेर्नुपर्छ भन्ने मान्यताले गर्दा उनको जीबनमा दुःख कष्ट र जिम्मेवारी झन् थँिपदै आए । 

छोरी हुर्के पछि माईतीमा धेरै राख्नु हँुदैन भन्ने समाजको पुरानो रुढीबादी सोचले गर्दा कुमारी २० बर्षको उमेरमा वि.स. २०५५ सालमा बन्दिपुर–१ निवासी कुल बहादुर गरौजासँग विवाह बन्धनमा बाँधिन बाध्य भईन्  । श्रीमान गाँउघरमा सामान्य कर्मी काम गर्ने हुँदा  दैनिक आम्दानीबाट घरखर्च चलेको थियो । सामान्य घरव्यवहार त चलेकै थियो र समय बित्दै जादा कुमारीको कोखबाट ३ छोरा को पनि जन्म भयो । उनलाई ३ छोराहरुको पालनपोषण र शिक्षा िदक्षाको खर्च श्रीमान्को कमाईले नपुगेपछि विदेश जाने निर्णय गरे कुमारीका श्रीमान् कुलबहादुरले । कुलबहादुर विदेश पनि गए तर उनले सोचेका थिय विदेश गय पछि सुखका दिनको सपना तर सोचेभन्दा धेरै भिन्न भयो त्यहाँ उनको कामको प्रकृति धेरै गह्रौ खालका सामान उठाउन पर्ने हुँदा उनलाई पेटको रोगले सताउन थाल्यो । तर यता कुमारी भने कहिले श्रीमान्ले पैसा पठाउनु होला र साहुको ऋण तिरौँला, छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिउँला, राम्रो लगाउँला, मिठो खाउँला भन्ने मिठा–मिठा सपना बुनेकी थिईन् । कुमारीले विदेश गएका श्रीमान् पेटका रोगी भएका छन् भन्ने खबरले झन् आलो घाउमा नुन छरे सरी भयो । पैसा कमाउन गएका श्रीमान्लाई उल्टै पैसा पठाएर फर्काउनु पर्ने अवस्था आयो ।

“ऋणै माथि ऋण ”भयो कुमारीलाई श्रीमान्लाई विदेश पठाउन र फर्काउन साहुसँग काडेको महँगो ३६ प्रतिशतको ब्याजले । श्रीमान्को औषधी उपचार, छोराहरुको पढाई खर्च अनि घर खर्च चलाउने कसरी ? कुमारीलाई दिन प्रतिदिन झन् पिंडाले सताउन थाल्यो । श्रीमान् विरामी, छोरा सानै र सासु ससुरा वृद्घ म एक्ली महिला के गर्ने, कहाँ जाने र केही गरौँ भने पनि अब कस्ले देला र मलाई ऋण ? भन्ने अवस्थामा उनले हाम्रै डुम्रे बजारमा मह्लिाहरुको समुह निर्माण गरी केहि गर्छु भन्ने भावना भएका महिलाहरुलाई बिनाधितो कर्जा प्रवाह गर्छ भन्ने खबर सुनेपछि उनको केहीहद सम्म भएपनि मन हल्का भएको थियो । त्यसै बखतबन्दीपुर–१ सानो डुम्रेमा मुक्तिनाथ बिकास बैंकका कर्मचारी २०६७ सालमा गाँउ घरका दिदीबहिनीहरु सबैलाई समुहमा आवद्ध हुन आग्रह गरे कुमारी लाई “ढुङ्गा खोज्दा देउता पाए” सरी भयो । कुमारी लगायत अन्य दिदीबहिनीहरु समुहमा आवद्घ हुन मञ्जुर भए पछि १६ गतेबाट समुहप्रवेश पूर्व तालिम शूरु भयो मुक्तिनाथ बिकास बैंकबाट सञ्चालित सात दिने समुह प्रवेश पूर्व तालिम सकिए पछि २३ गते नै कुमारीले तरकारी तथा फलफुल खरिद बिक्री गर्ने उद्देश्यको लागीरु.२०,०००/–कर्जा माग गरीन् र समुहले पनि सिफारिस गरेपछि उनले सो कर्जा लिई उनले डुम्रे बजारमा टोकरीमा तरकारी तथा फलफुल व्यवसाय गर्न थालिन् । सो व्यवसायबाट आधा भन्दा बढीनै नाफा भए पछि उनी झनै उत्साहित् बनिन् । उनले दैनिकरु.१५,००/– देखी रु.२०००/– सम्म एक दिनमै नाफा कमाउ थिन् । उनले सोही नाफाबाट श्रीमान्को औषधी उपचार, छोराहरुको पढाई खर्च अनि घर खर्च चलाउन थालिन् । त्यसै क्रममा २०६८/०५/२० गतेको केन्द्र बैठकमा बाँकी कर्जा चुक्ता गरी सोही व्यवसायको लागी रु.३०,०००/–कर्जा माग गरीन् र सो रकम पनि सोही व्यवसायमा लगानी गरीन् र झन् झन् नाफा कमाउन थालिन् । उता उनका श्रीमान् कुलबहादुर गरौजाले पनि डुम्रे बजारमा बस सञ्चालक समितिको काउण्टरमा जागिर पाए । यता उनले रातदिन नभनी गाडी गाडी, सडक सडकमा केरा तथा अन्य फलफूल व्यापार गरी ३ छोराहरुलाई बोर्डिङ स्कूलमा हाल्ने साहस गरीन् र छोराहरुलाई पढ्ने राम्रो वातावरण सृजना गरीन् ।

त्यसै गरी २०६९/०२/२१ गते पुनः तेस्रो पटकको कर्जा रु.४००००/– लिई आफ्नो व्यवसायलाई अझ व्यवस्थित गर्ने हेतुले एउटा ठेला निर्माण गरी सोही ठेलाबाट अझ धेरै फलफूल व्यापार गर्न थालिन् । उनले दिन प्रतिदिन धेरै भन्दा धेरै नाफा कमाउन सफल बनिन् उनले पुनः२०६९/११/२२ मा सोही व्यवसाय सञ्चालनका लागी रु. ५०,०००/–कर्जा लिई व्यापार व्यवसाय बढाउँदै गईन् र नाफा पनि बढाउँदै गईन् । उनले घर खर्च, ३ छोराहरुको मासिक शूल्क मात्रै होइन केही रकम बैंकमा जम्मा समेत गरेकी छन् कुमारीले । हालकुमारी गरौजा डुम्रे बजारमा मुक्तिनाथ बिकास बैंकको कार्यालय अगाडी ठेलाबाट राम्रो व्यापार भईरहेको देखिन्छ । उनले पुनः२०७०/०८/२० मा सोही व्यवसाय थप्नका लागीरु.५०,०००/–कर्जा लिई सोही व्यवसाय सञ्चालन गरीरहेकी छन् । हाल श्रीमान्को कमाईबाट घरखर्च छोराहरुको पढाई खर्च धानेका छन् भने कुमारीको कमाईले घरमा गोबर ग्यास, घर मर्मत, श्रीमानको विदेश जादाको ऋण तथा बैंकमा बचत गरेकी छन् । हाल उक्त व्यवसायमा दैनिक रु. ६,०००/–व्यापार हुने गरेको र जसमा रु. २,०००/–नाफा कमाउने यथार्थ बताउँछिन् ।

उनले हाल सम्म जम्मा रु.२,४०,०००/–कर्जा चलाएकी छन् भने उनले राम्रो बचत गर्न सफल भएकी छन । हाल उनको घरमा व्यवस्थित टेवल, कुर्ची टी.भी.,¥याक तथा अन्य स्थिर सम्पत्ति समेत जोडेकी छन् । उनी सम्झन्छीन्,  साँझबिहान छाक टार्न कहाँ घर तथा निर्माणका काम भएका छन् भन्दै खोज्दै गएर ठेकेदारलाई दश औँला जोडी बिन्ती बिसाएर गिट्टी बालुवा बोक्दा बगेका आँशु पसिना र रगत बग्थे भने मन भतभती पोल्थ्यो तर आज खुशीका आँशु हुन् यी भन्दाभन्दै बर्बरआँशु झार्छिन् । “सायद मैले यस मुक्तिनाथ बिकास बैंकको साथ नपाएको भए आज यो अवस्थामा पुग्न सक्दैनथेँ होला” । उनी भन्छीन् म आज साहै्र खुशी छु, म यो व्यवसायलाई छोड्ने छैन बरु यस व्यवसायलाई अझ बढाउनेछु र यो अवस्था सम्म आईपुग्न सहारा दिने बैंक कर्मचारी तथा मुक्तिनाथ बिकास बैंक स–परिवारलाई हार्दिक कृतज्ञता दिन चाहान्छु । 

शाखा कार्यालय, डुम्रे