Thursday November 21, 2024
वि.सं २०८१ मंसिर ०६ बिहिबार
European Microfinance Award
En

Success Story

सफलताको कथा

Baglung / Gandaki Pradesh / बाग्लुङ्ग जिल्ला ,बाग्लुङ न.पा.-०७
Baglung Small and Micro Banking Desk
232020-12-10

धवलागीरी अञ्चल बाग्लुङ्ग जिल्ला बाग्लुङ न.पा.०७ निवासी पिता रुुद्र विर वि.क.तथा माता उजेलीको कोखबाट  वि.सँ.२०३९ साल बैशाख महिनाको १३ गतेका दिन जन्म लिनभएको लोक बहादुर वि.क.को बाल्यावस्था न्युनस्तर नै रहयो । न्युनस्तर पारिवारमा हुर्किएको हुनाले शिक्षा साथ–साथै घर परिवार,घरायसी काम तथा भाईहरुको स्याहार सुसार गर्दै  पढाई गर्नुपर्ने अवस्था थियो परिवारमा आर्थिक अवस्था कमजोर रहको र घरमा माईलो छोराको भुमिकालाई निर्वाह गर्नको लागी आफु १४ बर्षकै कलिलो बाल्यबस्थामै आफ्नै दाईहरु संग ज्याला मजदुरीका साथै परम्परागत आरन ब्यवसाय तिर लाग्नुभयो । कक्षा ७ मा पढ्दै गर्दा ज्याला मजदुरी तथा आरन ब्यवसाय मा लाग्नु परेपनि आफ्नो पढाईलाई निरन्तरता दिन्छु भनि दैनिक रुपमा ज्याला मजदुरी आरन ब्यवसाय गर्दै मुलपानी स्कुल बाट नै ८ कक्षा पास गरि आफ्नो पढाई पुरा त गर्नुभयो तर त्यसपछि झन परिवारको आवश्यकता बढ्दै गएपछि पढाईलाई त्यो भन्दा माथी लैजान सक्नुभएन । परम्परागत रुपमा घरमा आरन तथा तामा र फलाममा भाडाँ निमार्ण गरी ब्यवसाय गरी जिम्मेवारी पनी आफैमा रहनु स्वभाविक रह्यो । 

वि.सँ.२०४५ सालमा धवलागीरी अञ्चल बाग्लुङ्ग जिल्ला गल्कोट न.पा.वडा न.०४,नरेठाटी स्थित पिता धन बहादुर सुनारको छोरी वर्ष १८ की मन कुमारी वि.कसँग सामाजिक परम्परा अनुसार वैवाहिक सम्बन्धमा बाधिन पुग्नुभयो । बिवाह पश्चात ,विहेको ऋण तिनुपर्ने तथा परिवार ठुलो झन भएकोले पारिवारीक भार झन थपिदै गई सामान्य तरीकाले समेत जिविको पार्जन गर्न साह्रै कठिनाई भयो र २ छोराको जन्म भई लालनपालन शिक्षा दिक्षा गर्नको लागी घर परिवारमा सल्लाह गरि केही पैसा कमाउने आशमा साउदी अरव तिर लाग्नुभयो । पुन ३ वर्षको साउदी अरव बसाई पश्चात रित्तो हात बैदेशिक रोजगारको दुख सम्झी नेपालमै आफनै परम्परागत पेशा ब्यबसाय गर्छु भन्दै श्रीमती सहित बि.स २०७२ असोज ०६ गते मा बा.न.पा–०२,लोकतान्त्रीक चोकमा आई सानो सटर भाडामा लिनुभयो तत्पश्चात केही भएको ब्यक्ति सगँ ऋण लिएर रकम लिएर पसल भाडामा त लिनुभयो तर ब्यबसाय गर्नको लागी पैसा भएन र साहु महाजनहरु सित सयकडा रु.३ को ब्याजमा ऋण लिएर केही भाडाँकुडा किन्नुभयो ब्यबसाय सानो भयो तर ब्यबसाय बृद्धि गर्नको लागी पैसा भएन सो ब्यबसायले परिवार धान्नको लागी पनि धौ–धौ हुदै गयो त्यसै समयमा गाँउ घरमा मुतिmनाथ विकास बैङ्कले बिना धितो ब्यक्तिगत जमानीमा कर्जा तथा थोरै रकम भएपनी बचत गर्न पाइन्छ भन्ने सुनेर ,मनमा थप जिज्ञासा तथा उत्सुकता बढेछ । त्यसपछी २०७३ सालमा बाग्लुङ्ग जिल्लामा अवस्थित मुतिmनाथ विकास बैङ्कका कर्मचारीसँग सल्लाह र सुझाब लिएर कर्जाको लागी पहल गर्नुभयो  ।

त्यसरी मुक्तिनाथ विकास बैकको बाग्लुङ शाखाका कर्मचारीको सल्लाह बमोजिम उहाँले श्रीमती मन कुमारी वि.कको नाममा ब्यवसाय दर्ता गरी बैकबाट प्रथम पटकमा ब्यक्तिगत जमानतमा बिना धितो कर्जा रु.१,००,०००/– निकालेर र उतm रकमले काचो तामा, फलाम खरिद गरि तामा तथा फलामको औजार निमार्ण गरी ब्यबसाय थप बिस्तार गर्नुभयो । त्यस पश्चात ब्यवसायबाट रामा्रे हुदै गयो र थप जोस, जाँगर र उत्साह थपियो । परिश्रम गरेपछि परिश्रमको फल पाइन्छ भनेझै दैनिक रुपमा औजारको अर्डर आउन थाल्यो र राम्रो भई आम्दानी बृद्धि हुदै गयो सो पुन बैकंबाट २०७४।०२।०३ मा रु १,३०,०००।– दोस्रो कर्जा निकाल्नुभयो र सो पैसाले कच्चा तामा र लोपउन्मुख पन्चेबाजा निमार्ण गर्न तालीम लिनुभयो र गाउँमा बसी बाजा निमार्ण गर्न र बजार विकी्र गर्ने गनुभयो त्यसै गरी उहाँले २०७४/१२/२० गते तेस्रो कर्जा स्वरुप रु.३,००,०००/– कर्जा लिएर व्यवसायलाई निरन्तरता दिनुभयो । त्यसै गरी उहाँले २०७६/०९/२२ गते चौथो कर्जा स्वरुप रु.३,००,०००/–कर्जा लिएर व्यवसायलाई निरन्तरता दिनुभयो । हाल उहाँलाई तामा फलामका औजार तथा पन्चेबाजा विभिन्न जिल्लाबाट अर्डर भई आफ्नो व्यवसायलाई सफलतापूर्वक सञ्चालन गदै आइरहनु भएको छ । 

बाल्यकालदेखी संर्घष गर्दै गर्दै जिविकोपार्जन गर्ने गरेको अवस्थाबाट एक सफल उधमी र ब्यवसाही हुनुमा खेलेको भुमिकामा मुक्तिनाथ विकास वैंङ्कलाई धन्यवाद दिंदै अरु ब्यबसाय गर्न चाहने हरुलाई हाल मुत्तिनाथ बिकास बैक सम्मको पुल बन्दै आईरहनु भएको छ ।