समय परिवर्तनशील छ, पल पलमा मानिसले सुखबाट दुःख र दुःखबाट सुख जे पनि व्यहोर्नु पर्दो रहेछ । कति मानिस सुखबाट दुःख तर्फ ओरालो लाग्दछन् भने कति दुःखबाट सुख तर्फको सफलताको बाटोमा उकालो लाग्दछन् । यस्तै दुःखबाट सुखको बाटोमा अगाडि बढी रहनु भएको छ राधा कुमारी पौडेल । स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालिका वडा नं १३ मा २०३१ सालमा उहाँको जन्म भएको थियो । करिव २० बर्षको कलिलो उमेरमा नै २०५१ सालमा स्याङ्गजा जिल्ला आधिखोला गाउपालिका व डा न ५ जुग्ले निबासी तोयनाथ शर्मासगं विवाह बन्धनमा बाँधिनु भयो । आफ्नो जीवनलाई पछाडि फर्केर हेर्दा उहाँको संघर्षमय कथा यस्तो देखिन्छ ।
३ छोरी १ छोरा र आफू २ जना गरी ६ जनाको परिवार जेनतेन गुजाराको जिन्दगी चलि रहेको थियो । श्रीमान्को खासै जागिर छैन भविष्यको यात्रा लामो थियो । छोराछोरीको शिक्षा र लालनपालनको जोहो अहिलेदेखि नगर्ने हो भने भविष्य अन्धकार छ भन्ने पिरलोले राधा कुमारी पौडेलाई सताई रहन्थ्यो । २,४ पैसा जोगाएर केही राम्रो गर्न सकिएला भनेर २०६७ सालमा ०३ महिना १७ मुक्तिनाथ विकास बैकमा आबद्घ भई शुरुमा रु.२०,०००/– कर्जा लिई भैसी पालन शुरु गरी घर व्यवहार सञ्चालन र बालबच्चाको स्याहार गर्ने थाल्नुभयो । श्रीमान्को खेति किसानको काम, परिवार सन्तुलित अवस्थामा चलि रहेको थियो । श्रीमान्ले सामान्य खेती किसानी मात्र गर्ने भएकोले खासै आम्दानी थिएन । राधा कुमारीलाई आफ्नो पतिको कमाईमा भर पर्ने आधार थिएन, किन भने उहाँको नियमित आम्दानी थिएन । आफूले परिवार पाल्नै पर्ने वाध्यता थियो । त्यसैले मुत्तिनाथ विकास वैकबाट अलि बढी पैसा लिएर सानो स्टेशनरी पसल सुरु गरेर आत्म निर्भर बन्ने बाटो खोजिन् उनले । स्टेशनरी पसल २ –३ वर्ष चलाएपछि फेरी स्टेशनरी पसलबाट भन्दा तरकारी व्यवसायबाट रामा्रे आम्दानी हुन्छ भनी ४ रोपनी जग्गामा टमाटर तथा अन्य तरकारी खेती बाट राम्रो आम्दानी गर्नु भएको छ यस व्यवसायबाट ४ वटा छोराछोरीको पढाई खर्च तथा हाल २ छोरीको विवाह एक छोरा कक्षा ११ पढने र कान्छी छोरी ८ कक्षा पढदै छिन् । तरकारी खेती ब्यावसाय साथै १००० वटा कुखुरा सम्म अटाउने पक्की खोर बनाई कुखुरा पालन पनि गर्दै आउनुभएको छ । हाल सम्म उहा साधारण कर्जा एघारौ पटक विशिष्ट कर्जा छैठांै पटक र आकस्मीक कर्जा चौथो पटक गरी विना धितो रु.१२,३५,०००/– र धितो कर्जा दोस्रो पटक गरी रु.४,००,०००/–जम्मा रु.१६,३५,०००/– चुक्ता गरी सक्नुभएको छ ।
“मानिसहरु बजार छैन । गाउँमा उत्पादन गरेको सामान बिक्दैन भन्छन् । त्यो पनि गलत रहेछ किनकी हरेक चिज हाम्रो गाउँमा बाहिरबाट आएको छ । मैले लगाएको तरकारी गाउँ वरपर नै बिक्छ, टमाटर घरबाटै बिक्छ । म आफैले खुद्रा पसल पनि राखेकी छु, खेतीपाती पनि गरेकी छु,अझ त्यस माथि १ वटा भैसी पनि पालेकी छु र अब कुखुरापालन व्यवसायमा लगानी गर्ने योजना छ । यसले धेरै असहायलाई गरिवीको मुक्तिको बाटोबाट तारेको छ” भन्दै उहाँ आफ्नो समुह गानलाई सम्झनु हुन्छ । मलाई हाम्रो समूह गानको केही टुक्काले मेरो मनमा छुन्छ र आफनो व्यवहारिक जीवनसंग तुलना गर्न मन लाग्छ । उनी गुनगुनाईन्