Saturday April 20, 2024
वि.सं २०८१ बैशाख ०८ शनिवार
Global Alliance for Banking on Values European Microfinance Award
En

Success Story

सरिताको संघर्षमय जीबनमा मुक्तिनाथ बैंकले ल्याएको सफल परिर्वतन

Syangja / Gandaki Pradesh / बिरुवा गाँउपालिका १, बिरुपा
Biruwa Small and Micro Banking Desk
162020-12-10

स्याङ्गजा जिल्ला बिरुवाअर्चले गा.बि.स.०८ ललाङ्गमा बि.स. २०४३ साल माघ महिना ०५ गते पिता प्रेम बहादुर रेग्मी र आमा भिमा कुमारी रेग्मीको कोखबाट जन्म लिएकी पाच छोराछोरी मध्ये साहिली छोरी सरिता क्षेत्रीको जन्मघरको आर्थिक रुपले मध्यम परिवारको हुनुहुन्थ्यो । उहाँको पिता एक शिक्षक हूनुहुन्थ्यो र स्कुलमा बिद्याथीहरुलाई पठनपाठन गर्ने काम गर्दै आउनुभएको साथै घरमा आफ्नै घनाहर खेतबारी रहेको हुदा खेतीपातीबाट पनि खान पुग्ने थियो । निज सरिता क्षेत्री परम्परागत चलि आएको परम्परा आनुसार सधै माइती घरमा मात्र नबसी कर्म घर पनि जानुपर्ने चलन अनुसार घरमा बिबहाको कुरा पश्चात निजले स्याङजा जिल्ला साबिक बिरुवाअर्चले गा.बि.स.०८ हाल बिरुवा गाँउपालिका १ बिरुपा  भन्ने ठाँउमा राम बहादुर क्षेत्रीको चार भाई मध्य साहिलो छोरा सुरस क्षेत्री संग साहिली बुहारीको रुपमा प्रेम बिवाह भएको थियो ।
 
उहाँले पनि आफ्नो भेगको दिदी बहिनीहरुको नेतृत्व गदै करिब ५ मिनेटको पैदल यात्रा पछि पुग्ने उक्त्त ठाउमा केन्द्रमा आबद्ध हुन पुग्नुभयो । समुहमा आबद्ध हुनका लागि ७ दिन सम्मको बैंकिङ्ग नीति नियम सम्बन्धी  तालिम लिदै गर्दा मनमा बचत गर्नै बानीको साथसाथै भबिष्यमा केहि गर्न सकिन्छ  भन्ने मनमा दृढ इच्छा लिनुभएको बताउनुभयो र समुहमा बस्नुभयो । उहा समुहमा बसेपछि बैंकले धेरै किसिमको सेवा सुबिधा दिने जानकारी पश्चात सुबिधा उपभोगको साथै व्यवसाय सुरु गर्नको लागि प्रथम पटक रु १००० देखी साधारण ,बिशिष्ट कर्जा लिई तरकारी खेती बाख्रा पालन, कुखुरा पालन,बंगुर पालन, भैसी पालन गर्न कर्जा लिइ  यवसाय गर्न सुरु गर्नभयो । व्यवसाय पनि सोचेजस्तै राम्रो भयो यसले गर्दा मुक्तिनाथ बैंकको कर्जाले उहाको काम गर्ने हौसला वृद्धि गइरहेको थियो । उहाले घरको काम संसंगै हाल सम्मको कर्जाले गरेको व्यवसाय राम्रो भएपछि पुन अर्को व्यवसाय निरन्तरताको लागि मुक्तिनाथ बैंक बाट किराना पसल व्याबसाय पेशा अंगाल्ने निर्णयको साथ पुन रु १ लाख रुपैया कर्जा लिइ किराना पसल व्यवसाय संचालन गर्ने योजनाको साथ कर्जा लिन समुहमा कर्जा माग गनुभयो । व्यवसाय गर्दै जादा आम्दानी नाफा पनि राम्रै गर्नभएकोले कृषि ,पशुपालन तथा किराना पसल गर्ने योजनाका साथै सो व्यवसाय गर्दा गाँउघरमै बिक्री हुने र घरको नै जीप व्यवसाय भएको हुदा बिक्रीको लागि बजार व्यवस्थापनको लागि स्याङजा बिरुवा लैजान सहज भएको भँन्नु भयो ।
 
बैवाहिक जीवन पश्चात घर परिवारको आर्थिक रुपमा सामान्य परिवारको साहिली बुहारी भएपनि परिवारमा सोचेजस्तो  खुसि र सुख पाउन सकिन्न जहा गाँउघरको रुदीबादी परम्परा रितिरिवाज अनुसार चल्नुपर्ने हुन्छ । घरमा परिवार पनि थपिदै  एक छोरा र एक छोरी भयो यसरी नै घरमा जिम्मेवारी थपिदै गयो गाँउघरको बिहान दिउसो बेलुकीको कामले मात्र भबिश्यमा केही गर्न नसकिने हुदा अझै केही गनुपर्ने हुन्छ भन्ने भावनाको बिकास भइरहेको हुदा घरमा श्रीमानको एक स्याङजा बिरुवा चल्ने जीप व्यवसाय भएतापनि सो व्यवसायबाट घरमा खासै आम्दानी नहुने हुदा संघर्षशिल जीवनमा जहा इच्छा त्यहा उपाय भने झै त्यसै समय २०६९ साल चैत महिनाको कुरा थियो मुत्तिनाथ बिकास बैकको लघुबैकिङ्ग कार्यक्रम अन्तर्गत साबिक बिरुवा गा.बि.स ६ हाल बिरुवा गाँउपलिका १ बिरुवाको एक बिद्यालय नजिकैको चौतारामा समुह बनाइ बचत गराउने तथा उद्देश्य सिप क्षमता अनुसारको समुह जमानीमा कर्जा दिने गरेको उहाले जानकारी पाउनुभयो । 
 
व्यवसाय गदै जादा व्यवसायलाइ थप बिस्तार गर्ने योजना  बनाइ रु २००००० कर्जा लिइ किराना व्यवसाय बढाउदै लानु भयो ।  सो व्यवसायबाट  उहाले खर्च कटाइ रु १ लाख बराबरको आम्दानी भएको जानकारी गराउनुभयो । सो आम्दानीबाट अझै व्यवसाय राम्रो गर्नुपर्नै र एक सफल महिला उद्यमी हुनुपर्नै उत्तप्रेरणा दिइरहेको हुदा सो आम्दानीबाट कृषि, पशुपालन तथा किराना पसल व्यवसाय थप गर्नभएको प्रत्यक्षय निरिक्षणबाट थाहा भएको कुरा हो । यसरी कुराकानीको क्रममा उहाले आफनै नामबाट पसल दर्ता गर्ने योजना बनाउनुभएको पश्चात यस बैंकबाट उहाँलाइ व्यवसाय दर्ता गर्ने प्रकृया तथा व्यवसाय गर्न तालिम पनि आवश्यक रहेकोले तालिम लिनको लागि सुझाव दिइयो । उहाले २०७५÷०४÷१३  सरिता किराना पसल नामबाट दर्ता गरी सञ्चालक सरिता क्षेत्री बनाई तरकारी कुखुरापालन बंगुरपालन बाख्रा माछापालन तथा किराना पसल गर्ने उद्देश्यले व्यवसाय सञ्चालन गदै आउनुभएको छ । मानिसहरु गाउमा बजार छैन उत्पादन गरेको सामान बिक्रि हुदैन भन्ने धारणा छ तर पनि उहाले उत्पादन गरेको चिजलाई बजार मुल्य अनुसार दिदा कुनै पनि घाटा नहुने र उपभोक्तले स्वच्छ ताजा बस्तु उपभोग गर्न पाउने भनी आफ्नै गाडीमा लगेर बिक्री गर्ने गरेको पाइन्छ । यसरी नै उहाले व्यवसाय गर्दै जाने क्रममा अहिले उहाले ,१२ ओटा बाख्रा , तरकारी खेती, ५० ओटा कुखुरा, ३ ओटा बगुर, २०० ओटा केराघारी  र १५०० ओटा माछापालन  रहेको बताउनुहुन्छ । उहाले थोरै लगानीको आम्दानीबाट यति व्यवसाय गर्न सक्नु बास्तबमा केही गर्न चाहाने हो असम्भव केही रहिन्छ भन्ने भनाई सरिता क्षेत्रीको रहेको छ ।
 
 इमान्दार र लगनशील भै परिश्रम गर्ने हो भने कर्जाले कजाउने, कमाउने, अत्मनिर्भर बढाउनुका साथै मानिसलाई सफल ब्यबसायी बनाउन सहयोग पुग्ने उनको भनाइ छ । यसरी निरन्तरको लगनशील मेहेनत, आँट, उत्तप्रेरणा र मुक्तिनाथ विकास बंैकको लघु कर्जाको साथले उनलाई सबैले उदाहरण दिने सफल उद्यमसील महिलाको रुपमा गाँउ समाजमा चिनिन्ने सफल महिला भएकी छन् । मुक्तिनाथ बैंककोे लघु कर्जाले विगतको कष्टकर जिन्दगीबाट दिइएको मुक्ति उनी कहिले भुल्न नसक्ने बताउछिन् । आज आफ्नै खुट्टामा उभिन सफल सरिता क्षेत्री कसैले साथ नदिए पनि आफ्नो भविष्य रच्न सक्ने भएकी छन् । हिम्मत नहारी इमान्दार र मेहनतका साथ केही ब्यबसाय गर्ने हो भने ढिलो चाँडो अवश्य पनि सफलता  मिल्छ भन्ने सरिता क्षेत्रीको सिकाई रहेको छ ।