Friday April 19, 2024
वि.सं २०८१ बैशाख ०७ शुक्रबार
Global Alliance for Banking on Values European Microfinance Award
En

Success Story

मुक्तिनाथले उद्यमशील बनायो

Dhading / Bagmati Pradesh / ज्वालामुखि गा.पा.-०४, ढोला, धादीङ्ग
Dhading Bensi Branch
82020-09-27

वि.स.२०४४ साल असार १९ गते साबिक खरी गा.वि.स.–०४ ,र हाल ज्वालामुखि गा.पा. ०५, पधेरीपारी गाउँमा बाबा होम बहादुर श्रेष्ठ र आमा होम माया श्रेष्ठको परिवारमा जन्मनुभएकी उदय कुमारी श्रेष्ठ हाल वैवाहिक¬ जिवन घर परिवारसँगै साबिक ढोला गा.बि.स ०९ ढोला र हाल ज्वालामुखि गा.पा. बडा न.ं०४ ढोलामा बसोबास गर्दै आउनु भएको छ । मध्यम परीवारमा जन्मे हुर्केको उनको विवाह पनि मध्यम परिवारमा भयो । हाल पेशाले श्रीमान् श्रीमती दुबै जना कृषक हुनुहुन्छ  । उदय कुमारी श्रेष्ठले वि.स. २०६८ सालमा आठ आना जतिको जग्गामा टमाटर खेति गर्नुभएको थियो । व्यवसायिक रुपमा टमाटर खेती गर्ने मनसाय हुँदा हुदै पनि लगानी गर्ने रकमको अभावले धेरै टमाटरको बिरुवा खरीद गर्न सक्नुभएन । त्यही साल एकदमै हावा हुरी, पानी पसिन प¥यो । भएको विरुवाहरु पनि नष्ट हुने अवस्था भयो । टमाटर फल्ने समयमा कसरी फल्ला भनेको टमाटर विस्तारै फल फल्दै जाँदा बोटले फल नधान्ने गरि फल्यो र त्यो बोटलाई टेका हाल्नु प¥यो । उक्त टमाटर खेतीबाट आफ्नो घरमा पु¥याएर बिक्रि गर्दा दैनिक रु.२०० आम्दानी समेत भयो । उदय कुमारी श्रेष्ठलाई यसबाट व्यवसाय गर्ने हो भने आम्दानी गर्न सकिने रहेछ भन्ने विश्वास भयो ।
 
त्यसपछि उदय कुमारीलाई सोहि व्यवसाय व्यवसायिक रुपमा बढाउने ठूलो सोच आयो र टमाटर खेती गर्ने जग्गा पनि बढाएर त्यस जग्गामा लाग्ने बिरुवाको लाग्ने रकम छिमेकमा सापटी मागेर खुला ठाँउमा नै व्यवसाय गर्ने निधो गरिन् । त्यसै बखत मुक्तिनाथ विकास बैंकका कर्मचारीहरु साबिक ढोला गा.बि.स ०९ ढोला र ज्वालामुखि ०४ ढोलामा घरदैलो बैंकिङ्ग सेवा बारे सुचना दिदै आउनुभयो ।  बैंकका कर्मचारीले मुक्तिनाथ विकास बैंकको समुहमा बस्ने सल्लाह दिनुभयो । समुहमा आवद्ध भएपछि आवश्यक भए विनाधितो ऋण पनि लिन पाईने, बचत पनि हुन्छ भन्ने थाहा पाउनुभयो । मिति २०७३ सालको माघ महिनामा केन्द्र नं ०४०.००५ को सुनौलो बिहानी महिला बिकास केन्द्र ढोला गाँउमा गठन भयो । उक्त केन्द्रको ००५ समुहमा उदय कुमारी श्रेष्ठले सदस्यता लिनुभयो ।
 
उदय कुमारी श्रेष्ठ भन्नुहुन्छ “बि.स.२०७४ सालको बैशाख महिनामा मुक्तिनाथ विकास बैंकको समुह बाट रु.४०,००० कर्जा लिइ टमाटर खेतीको लागि २ वटा टनेल बनाए । तरकारीमा सिंचाइ गर्न ५० मिटर जति पाईप पनि खरीद गरे । २ वटा टनेल भित्र टमाटरका बिरुवाहरु खरीद गरि बिरुवा सार्ने, पानी मल जल गर्दै गए बिस्तारै फुल्दै फल्दै गयो टनेल भित्र टमाटर भएकोले हावा हुरी, असिना पानीले असर गर्न पनि पाएन । टमाटर राम्रै फल्यो र दैनिक रु.५०० देखि ७०० सम्मको व्यापार हुदै गयो किस्ता तिर्दै गए र बिस्तारै समुह र गाउँमा रहेको ऋण तिर्दै गए । भविष्यको लागि र आपतविपतका लागि मुक्तिनाथको समुहमा रहेको खातामा बचत पनि महिना प्रतिमहिना बढाउदै गए । पुनः  लिएको कर्जा चुक्ता गरी बि.स २०७४ साल असोज महिना ०५ गते फेरी १,००,०००/– मुक्तिनाथ विकास बैंकबाट कर्जा लिए र अर्को १ वटा टनेल थप गरे । फरक फरक टनेलमा टमाटर ,काँक्रो, क्याप्सीकम (भेन्टे खुर्सानी) लगायतका तरकारीहरु लगायौं । गोलभेडा, काँक्रो, क्याप्सीकम लगायतका अन्य तरकारीहरु दैनिक ५ के.जि देखि १० केजि सम्म बिक्रि गर्दा दैनिक रु.२,००० भन्दा माथि आम्दानी हुँदै जान थाल्यो । यो आम्दानी गर्न हामी दुवै जना श्रीमान् श्रीमतीको मेहनत छ”उदय कुमारी प्रफुल्ल हुँदै भनीन् । 
 
उदय कुमारीका श्रीमान् भन्नुहुन्छ “ दिन प्रतिदिन आम्दानी बढ्दै गएपछि तरकारी व्यवसायमा अझै लगानी गर्नुप¥यो भन्ने सोच आयो । मुक्तिनाथ विकास बैंकबाट फेरी २०७५ साल असोज ०८ गते रु.२,००,००० कर्जा लिई थप १ वटा ठुलो टनेल तयार गरियो । ४ वटा टनेल भित्र मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै गयौं । अव व्यवसायलाई अझै बढाउने आँट आयो । त्यसपछि केरा खेति पनि सुरु ग¥यौं । घर परिवारले पनि सक्ने काम गर्नुपर्छ भन्ने उद्देश्यले ३८ वटा बाख्रा, कुखुराको खोर निर्माण गरि २०० कुखुरा पालेका छौ । रु.२०० आम्दानी हुँदा हर्ष विभोर भएका हामीहरु आज तरकारी खेतीबाट मात्रै बार्षिक रु.१२,००,००० भन्दा माथि आम्दानी भएको छ, बास्तवमा त्यति बेला मुक्तिनाथ विकास बैंकले हाम्रो घरदैलोमा आई व्यवसाय गर्न उत्प्रेरित गरेको कारणले हामी उद्यमशिल भयौं होइन त बुढी ?” पुलुक्क श्रीमती तर्फ हेर्छन् ।