Friday April 26, 2024
वि.सं २०८१ बैशाख १४ शुक्रबार
Global Alliance for Banking on Values European Microfinance Award
En

श्रेष्ठको कृषिबाटै श्रेष्ठता

Dhading / Bagmati Pradesh / धादिङ्ग जिल्ला, धुनिबेशी न. पा
Dharke Branch
42020-03-07

धादिङ  जिल्ला  धुनिबेशी न. पा. वडा नं. ८, खानीखोला, (चाईनिज ईट्टाभट्टा) निवासी वर्ष ३८ का श्री सुवाश श्रेष्ठ उत्कृष्ट कृषकहरु मध्येबाट एक उदाहरणको पात्र हुनुहुन्छ । उहाँको परिवारमा आमा, बुबा, श्रीमती, २ छोरा र १ छोरी गरी ७ जना हुनु हुन्छ । पारिवारिक दायित्व पुरा गर्दै आफ्नो आश्रित परिवारको पालनपोषणको लागि रोजगारी खोज्दै विभिन्न देश भौंतारिएतापनि बैदेशिक रोजगारीले नत सन्तुष्टी दियो नत आय आर्जन नै । २०६४÷०६५ साल तिर उहाँ कतार जानु भयो, तर अपेक्षा गरे अनुरुप कमाई नभएपछि १७ महिनामा नेपाल फर्किनु भयो । त्यस पछि कुवेत जानु भयो, त्यहाँको गर्मी सहन नसकेर ३ महिना मै फर्किनु भयो । फेरी, दुबई जानु भयो, दुबई बसाई पनि कष्टकर भयो र १ वर्ष मै फर्किनु भयो । अन्तिम पटक साउदी अरब जानु भयो, अरु देशमा भन्दा त्यहाँ अलि धेरै समय बसे पनि कमाई भने भएन । यसरी ४ ओटा देशमा कुल करिव ८ वर्ष विदेश जाने र आउने गरे पनि हातमा केही आएन । पटक पटक अर्काको देशमा भौंतारिएर हिडी रहनु भन्दा अब जे गर्नु पर्दछ, यही आफ्नै देशमा गर्ने अठोट लिएर कृषिमा रहेको संभावनाहरुलाई व्यवसायिक पेशाको रुपमा विकास गर्ने अठोट गर्नु भयो । त्यही अठोट र मेहनतले उहाँ आज एक उत्कृष्ट र सफल कृषकको परिचय बनाई सक्नु भएको छ । 

उहाँ व्यवसायिक कृषिमा होमिएको करिव ५ वर्ष भयो । अहिले करिब १२ रोपनी जग्गा भाडामा लिई विभिन्न प्रकारका तरकारी खेती गर्दै आउनु भएको छ । उन्नत जातको बीउविजनबाट उन्नत तरिकाले खेती गरी उन्नत कमाई गर्न सफल हुनु भएको छ । यो पेशाले उहाँको सबै परिवारलाई क्षमता अनुसारको रोजगार पनि दिएको छ । हिजोआज, ४ रोपनीमा काउली खेती, ४ रोपनीमा फर्सी खेती र ४ रोपनीमा सिमी लगाउने कार्यमा व्यस्त हुनुहुन्छ । सिजन अनुसार हरेक पटक (४÷४ महिनामा) रु. ४ देखि ५ लाख सम्म कमाई गर्न सफल हुनु भएको छ । वार्षिक रुपमा यति कमाई विदेश बस्दा कहिल्यै भएन । हाल सम्मको कमाईले ४ कोठे आर. सी. सी. घरको पहिलो तला बनाई सकेर दोस्रो तला फिनिसिङ गर्दै हुनुहुन्छ । तरकारी खेती वाहेक १ ओटा उन्नत जातको गाई र ८ ओटा बाख्रा पनि पाल्दै आउनु भएको छ ।  आजभोलि दैनिक ९ लिटर दुध बेच्नु हुन्छ र त्यही आम्दानीले घर खर्च चलेको छ । तरकारी खेतीको आम्दानीले कर्जाको किस्ता, व्यवसाय विस्तार र घर निर्माण गर्दै आउनु भएको छ । तरकारी खेती र कृषि कार्यबाट नै आम्दानी, बचत र सम्पत्ति जोड्न सकिने उदाहरण उहाँले देखाउनु भएको छ ।  

उहाँ भन्नु हुन्छ,  “विदेशमा गर्ने जति मेहनत यहाँ गर्ने हो भने त सजिलै सुन फलाउन सकिन्छ” । ८ वर्ष सम्मको बैदेशिक रोजगार र यात्राले उहाँलाई पाठ सिकाएको छ । यहाँ रहनु भएका युवाहरुलाई नेपालमै बसेर आफैले केही स्वरोजगार हुने पेशा÷व्यवसाय अंगालेमा यहीं पनि मनग्य आम्दानी गर्न सकिन्छ । अर्काको देशमा मेहनत, पसिना र बल बेच्नु पर्दैन भन्नु हुन्छ । कृषि उपजको बजार व्यवस्थापन र मूल्यको सुनिश्चतता भए कमाई अझै बढ्ने संभावना उहाँले देख्नु भएको छ । 

मुक्तिनाथ विकास बंैकको लघुवित्त कार्यक्रम अन्तर्गत पुरुष समूहमा आवद्ध भई विगत ३ वर्षदेखि निरन्तर बचत तथा कर्जाको कारोबार गर्दै आउनु भएको छ । सम्पूर्ण बैंकिङ्ग सुविधा मुक्तिनाथबाट नै पाएकोले आफू सन्तुष्ट रहेको बताउनु हुन्छ ।