Friday April 19, 2024
वि.सं २०८१ बैशाख ०७ शुक्रबार
Global Alliance for Banking on Values European Microfinance Award
En

Success Story

पशु पालनमा रमाउदै सुभद्रा

Chitwan / Bagmati Pradesh / चितवन जिल्ला राप्ती न.पा.०१, पिप्ले
Parsa Small and Micro Banking Desk
112020-10-18

चितवन जिल्ला पिप्ले ०७, स्थायी ठेगाना भई हाल चितवन जिल्ला राप्ती न.पा.०१, पिप्ले वस्ने वर्ष २९ की सुवद्रा धिताल उत्कृष्ठ कृषकहरु मध्येबाट एक उदाहरणको पात्र हुनुहुन्छ । उहाको परिवारमा सासु आमा, श्रीमान्, १ छोरी गरी ४ जना हुनुहुन्छ । ५ कठ्ठा जग्गामा धान, मकै खेती र १ वटा गाई पालन गरेर बस्नुभएको सुभद्रा धिताललाई दैनिक घरब्यबहार चलाउन समेत धौ धौ थियो । धान मकै खेतीले खान मात्र ठिक्क हुने हुदाँ नगद आउने केही कारोवार गर्न पाए भन्ने सोचमा हुनुहुन्थ्यो सुभद्रा । मिती २०७३/१२/१६ गते मुक्तिनाथ विकास वैक शाखा कार्यालय पर्सामा साना तथा लघुबैंकिङ्ग विभागबाट गठन भएको समुहमा आवद्घता भई सुरुमा एक लाख रुपैया बैंकवाट कर्जा लिएर २ वटा गाई थप गर्नुभयो । यसरी ब्यबसाय बृद्घि गरेका धितालको हाल ४ वटा गाई र ३ वटा भैसी पालन गरि ब्यबसायिक रुपमा पशुपालन गरेका छन् । उन्नत जातका गाई तथा र्भैसी पालन गर्दा गाई, भैसीले धेरै दुध दिने कुरा धितालले वताउनुभयो।
 
 
खान लाउन समेत धौ धौ परेर विदेशमा रोजगारीका लागी जान तयारीमा रहेका धितालका श्रीमान् भिमसेन कार्की अव स्वदेशमा नै पशुपालन ब्यवसायमा रमाउदै आईरहेका छन् । कार्की भन्छन् “ गरे के हुदैन नेपालमा नेै सुन फलाउन सकिन्छ जागर, आत्मविश्वास र लगन हुनुपर्छ । विदेशमा वोटवाट पैसा टिप्ने होइन ,स्वदेशमा नै परिवारसंग रमाउदै श्रीमान श्रीमती भएर काम गर्दा परिवारसंग सुख दुःख साटासाट गर्दै रमाउदै काम गर्दा छुट्टै आनन्द हुने र विदेशमा परिवार साथमा नहुदाको पिडा, चाड, पर्व, सामाजिक काममा सहभागी हुन नपाउदाको पिडा, अर्काको देशमा दासि वनेर वस्नुभन्दा आफ्नै देशमा पसिना बगाएर सफल उद्यमी वन्नुको मज्जा छुट्टै” भन्दै आफ्ना भावना ब्यक्त गर्नुभयो । ऐलानी जग्गा किनेर सानो घर वनाएर वस्नुभएको धिताल ब्यबसाय गर्नका लागी धितो राख्न जग्गा नभएको र छरछिमेकमा कर्जा लिदा ब्याज सा¥है महङ्गो पर्ने हुदा किसानहरु मर्कामा पर्ने बताउनु भयो । यस्तो अवस्थामा मुक्तिनाथ विकास वैंकको विनाधितो कर्जा पाएर साह्रै खुसि भएको कुरा वताउदै मुक्तिनाथ विकाश वैंकको सेवा सुविधा, कर्मचारीको आचरण, वानी ब्यबहार, वोल्ने शैलि, आत्मीयताको भाव, बचत तथा कर्जाको हिसावको पारदर्शिता, कर्जाको ब्याजवारे प्रसंशा गरेर थाक्दै थाक्नु भएन ।
 
सुभद्रा धितालले हालसम्म पटक पटक गरेर ४ पटक कर्जा लिई सक्नुभएको छ । हाल उहाले रु ३,५०,०००/– साधरण कर्जा लिएर गोठ व्यवस्थीत गरि पशुपालन गरिरहनु भएको छ । गाई तथा भैसी गरि ७ वटा पशुपालन गर्नु भएको धितालले, १ वटा गाईले विहान वेलुका गरि सरदर १२ लिटर दुध दिने हुदा दैनीक ८० लिटर भन्दा वढी दुध विक्री गर्ने र प्रति लिटर सरदर रु ६० पर्ने हुदा दैनिक रु. ४,८०० आम्दानी गर्ने र मासिक रुपमा डेरीबाट रु १,४४,०००/– आम्दानी गर्नुहुन्छ भने दाना ,चोकर, ढुटो, पराल, औषधि उपचार, भिटामिन गरि मासिक रु ८०,०००/– खर्च हुने र मासिक लगभग रु ६४,०००/– नाफा हुने कुरा धितालले वताउनुभयो । आफ्नै गाँउमा बाझो रहेको वारीमा उन्नत जातका घास खेती गरेको र उक्त घास ,पराल, दाना ,चोकर खुवाउदा गाईले धेरै दुध, लामो समय सम्म दिने र ब्याउने समयमा पनि १ महिना मात्र गाई दुध दुन छोडिदिने कुरा वताउनुभयो । निज सदस्यले गाईको वाच्छी ,भैसिका पाडा पाडी बेचेर समेत वर्षमा ५०,०००/– भन्दा वढी आम्दानी हुने वताउनुभयो । 
 
 धिताल भन्नुहुन्छ “आगामी दिनमा ब्यवसायलाई बृद्घि गर्दै १० वटा गाई थप गर्ने र २ जना लाई रोजगार समेत दिने भावि योजना छ । मेरो योजना पुरा गर्न मुक्तिनाथ विकास बैंक बैंक मात्र नभएर साथि पनी हो । बैंकले कर्जा प्रवाह मात्र होईन ,ब्यवसाय कसरि गर्ने भनेर तालिम, सरसल्लाह, हौसला समेत दिने भएकोले मेरो मनोवल अझै उच्च भएको छ ।”