Saturday April 20, 2024
वि.सं २०८१ बैशाख ०८ शनिवार
Global Alliance for Banking on Values European Microfinance Award
En

तित्याङ्गको सौगात

Baglung / Gandaki Pradesh / बाग्लुङ्ग , जैमनी न.पा. वडा नं. ६
Baglung Branch
12020-03-07

 

 

बाग्लुङ्ग जिल्ला, जैमिनी न.पा. वडा नं. ६ जैदी गाउँमा स्थायी घर भै हाल बाग्लुङ्ग सदरमुकाम नजिकै तित्याङ्गमा व्यवसायिक कृषिमा रमाई रमाई कमाएका एक सफल कृषक हुनुहुन्छ, टंक राना । उहाँको हाल २ वटा च्याउ खेतीको टनेल छ, उन्नत जातका ५ वटा माउ र ३ बाच्छी गाईहरु छन् र करिव ५ रोपनी क्षेत्रफलमा २०० घारी केरा खेती गर्दै आउनु भएको छ । उक्त व्यवसायबाट उहाँको मासिक औषत रु.७० हजार खुद बचत हुन्छ भने आफू र श्रीमतीले पूर्णकालिन रोजगार पनि पाउनु भएको छ । 

उहाँको विगत तर्फ फर्केर हेर्दा, घरको जेठो छोरा, ८ कक्षा पढ्दै गर्दा १५ वर्षको कलिलो उमेरमा काकासंगै भारत जानु भयो । भारतमा पनि काम गर्दै पढ्दै गर्नु भयो र भारतबाट नै १० कक्षा पास गर्नु भयो । करिव १५ वर्ष भारतमा बसे पछि नेपाल फर्केर विवाह गर्नु भयो । विवाह पश्चात पनि पारिवारिक ऋण र आयआर्जनको लागि पुनः भारत नै जानु भयो र २ वर्ष पछि नेपाल फर्किनु भयो । अब भारतमा गई मजदुरी गर्नु भन्दा नेपालमै कृषिलाई व्यवसायिक तवरले सञ्चालन गर्छु भन्ने आँटले २०७० सालमा गाउँबाट तित्याङ्गमा आई जग्गा भाडामा लिई, साहुबाट सयकडा ३ मासिक व्याजमा रु. ३ लाख ऋण लिई गोठ बनाउनु भयो र १ वटा जर्सी गाई पालन गरी शुरुवात गर्नु भयो । व्यवसाय शुरुवात त भयो, आम्दानी पनि सन्तोषजनक नै थियो तर महंगो ऋणमा किनेको गाईको मात्र आम्दानीले व्यवसाय विस्तार गर्न सक्ने गरी आम्दानी भएन । उहाँ २०७३ सालमा मुक्तिनाथ विकास बैंकको बाग्लुङ्ग शाखाको कर्मचारीसंग सम्पर्क भयो र आफ्नो व्यवसाय र भावि योजना पनि बैंकका कर्मचारीलाई बताउनु भयो । उहाँको व्यवसाय र योजना उचित भएकोले उहाँलाई पहिलो विनाधितो कर्जा रु. १ लाख प्रदान गरियो । उक्त कर्जाबाट उहाँले १ वटा थप गाई खरीद गरी बाँकी रहेको रकमले च्याउको बीउ खरिद गरी च्याउ खेतीको सुरुवात गर्नु भयो ।

हाल सम्म उहाँले विनाधितो कर्जा ५ पटक परिचालन गरी सक्नु भएको छ । सो रकमहरु सोही व्यवसायको विस्तार र स्तरोन्नतीमा लगानी गर्नु भएको छ । व्यक्तिगत रुपमा सञ्चालन भएको व्यवसायलाई “सौगात कृषि तथा पशु फर्म”को नाममा दर्ता गरी बैधानिकता दिनु भएको छ । आफ्ना उत्पादनहरु बिक्रि गर्न कुनै समस्या नरहेको, यही स्थानीय बजारमा सजिलै बिक्रि भई रहेकोछ । विगतमा भारतमा गरेको मेहनत यही गरेको भए, अझै राम्रो गर्न सकिदो रहेछ तर भारतले मलाई मेहनत र संघर्ष गर्न सिकायो, त्यही सिकाईले मलाई यहाँ व्यवसाय गर्न उर्जा दिई रहेको उहाँ बताउनु हुन्छ । यही व्यवसायलाई नै थप सुदृढ गर्दै लैजाने योजना उहाँको रहेको छ ।